प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत मात्रै, १६ मन्त्रालय मन्त्रीविहीन (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७९, मंगलवार ०६:२०

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सबै मन्त्रीहरुले सामुहिक राजीनामा गरेका छन् । यो सँगै प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ वटा मन्त्रालय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएको थियो । रास्वपाले गृहमन्त्रालय आफूहरुले पाउनु पर्ने माग राख्दै आएपनि प्रचण्ड त्यसमा सकारात्मक नभएपछि सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको थियो । तर, एमालेले भने आज सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएको छ । यो सँगै अब प्रचण्ड नेतृत्वको सरकारमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी र माओवादी मात्र रहेका छन् ।

यो सँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ७ सदस्यीय बनेको छ । अब सरकारमा माओवादीबाट प्रधानमन्त्रीमा प्रचण्ड आफैं छन् । त्यसैगरी, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन मन्त्री सुदन किराँती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली माओवादीबाट मन्त्रिपरिषद्मा रहेका छन् । त्यसैगरी जनतमत पार्टीका अब्दुल खान खानेपानीमन्त्री रहेका छन् ।

यी हुन् प्रचण्डसँग भएका १६ मन्त्रालय

-वन तथा वातावरण मन्त्रालय
-युवा तथा खेलकुद मन्त्रालय
-गृह मन्त्रालय
-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
-श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय
-उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय
-सहरी विकास मन्त्रालय
-कानून न्याय तथा संसदीय मामिला मन्त्रालय
-अर्थ मन्त्रालय
-कृषि तथा पशुपंक्षी विकास
-उद्योग वाणिज्य तथा आपूर्ति
-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
-परराष्ट्र मन्त्रालय
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
-रक्षा मन्त्रालय

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१