किवानिज क्लव अफ हेप्पी नेपाललाइ एकैसाथ ९ वटा अवार्ड ,प्रमिलालाई उत्कृष्ट अध्यक्षको उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७९, सोमबार १६:२२

काठमाडौं । किवानिस क्लब अफ हेप्पी नेपालले एकैसाथ ९ वटा अवार्ड प्राप्त गरेको छ ।

किवानीज  नेपाल जिल्ला मध्यवर्ष सम्मेलन २५ फेब्रुअरीमा सम्पन्न भएको छ । बालबालिकाको हितमा काम गर्ने किवानिज इन्टरनेसनल एउटा गरिमामय इतिहास बोकेको संगठन हो  ।  किवानिज नेपालले जिल्ला मध्यवर्ष  सम्मेलनमा बर्षभरिमा उत्कृष्ट केहि कल्वहरुलाई सम्मान समेत गरेको छ ।

यसै अन्तर्गत किवानिज क्लब अफ हेप्पी नेपालले एकैसाथ ९ वटा अवार्ड प्राप्त गरेको छ । क्लवले विभिन्न शिर्षकमा अवार्ड हात परेको हो ।बालबालिकाको कार्यरत किवानिसका १ सय भन्दा बढी क्लबहरुमध्ये प्रमिला लामिछानेले नेतृत्व गरेको किवानिस क्लब अफ हेप्पी नेपालले सर्वाधिक अवार्ड हासिल गरेको हो ।क्लब अध्यक्ष प्रमिलाले देशकै उत्कृष्ट अध्यक्षको सम्मान प्राप्त गरेकी छिन् ।

किवानिस क्लव अफ हेप्पी नेपालको तर्फबाट सन् २०२१र०२२ को अध्यक्ष भएर कल्बलाई उच्च मुल्यांकन गरि सम्मान प्राप्त गरेको अध्यक्ष प्रमिला लामिछानेले जानकारी दिईन् । सन् २०२२ का किवानिस नेपाल डिस्टिक गभर्नर एकराज पन्तले अवार्ड प्रदान गरेका हुन् ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१