दुई महिनामै टुंगियो प्रचण्ड-ओली गठबन्धन यात्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७९, सोमबार ०६:२६

काठमाडौं । राज्यको अभिभावक संस्था राष्ट्रपति पदको निर्वाचनकै विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सुरू गरेको गठबन्धन यात्रा दुई महिनामै टुंगिएर नयाँ समीकरण बनेको छ  ।

सात दलीय गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड र सत्ताको मुख्य साझेदार दल एमालेबीच राष्ट्रपति पदमा कुरा नमिल्दा सरकार र प्रतिपक्षी दलहरूको नयाँ समीकरण बनेको हो ।

आगामी पाँच वर्षका लागि बनाइने राष्ट्रपति कुनै दल विशेषको मात्र नभई दलगत स्वार्थभन्दा माथि उठेर निर्णय लिनसक्ने व्यक्तिलाई साझा सहमतिमा बनाउने कुरामा एमाले बाधक भएको माओवादी केन्द्रले आरोप लगाएको छ ।

‘हामी यही गठबन्धनलाई कायम गर्दै बाहिर रहेका दलहरूलाई समेत समर्थनमा ल्याएर साझा सहमतिको राष्ट्रपति बनाउने पक्षमा थियौं’, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भन्नुभयो– ‘तर एमालेले त्यसलाई इन्कार गरेर आफ्नै उम्मेदवार अघि सार्नुपर्ने अडान नछाडेपछि नयाँ समीकरण बनाउन पुग्यौं । आठ दलको समर्थन जुटेको र बाँकी दलहरूसँग समेत छलफल भइरहेकाले अधिकतम सहमतिका साथ राष्ट्रपति निर्वाचित हुने परिवेश बन्दै आएको छ ।’

पुस १० मा कांग्रेससँगको पाँच दलीय चुनावी गठबन्धनबाट बाहिरिएर एक्कासि बालकोटको बार्दलीमा एमाले अध्यक्ष ओलीसँग हात मिलाउन पुगेका प्रचण्डले दुई महिनामै एमालेलाई समेत धोका दिनुभयो । प्रधानमन्त्री पाउनकै लागि चुनावी गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र सुरूदेखि नै एमालेसँग सशंकित बन्दै आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१