किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको MID Year Conference भव्यताका साथ काठमाडौंमा सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७९, आईतवार ०७:४३

काठमाडौं। किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference भव्यताका साथ नेपालको राजधानी काठमाडौंमा सम्पन्न  भएको छ ।

किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको  यस वर्षको MID Year Conference मा  2021-22  Award and Recognition कार्यक्रम भब्यताको साथ सम्पन भएको हो  । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनल नेपालको बर्ष  2021-22  Award and Recognition कार्यक्रमको प्रमुख अतिथि किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote को उपस्थित रहेको थियो।

देशभरका १२२ वटा किवानिज क्लबका ३००  सय भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा Award and Recognition कार्यक्रम भएको  मिडिया संयोजक मुकुन्द ढुंगानाले जानकारी दिए ।
किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote र  डिस्ट्रिक्ट गभर्नर लक्षमण लम्सालले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले १०७  बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुनु आफैमा गर्वको कुरा भएको बताए ।
“हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका समान प्रदान गर्दै आएका छौं, बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, गर्भनर लम्सालले भने ।
कार्यक्रममा निर्वतमान गर्भनर एकराज पन्त , डिस्ट्रिक्ट ईलेकट गर्भनर तिर्थकुमार सिंह र भाईस डिस्ट्रिक्ट गर्भनर कृष्ण प्रसाद ज्ञावाली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

किवानिज वर्ष २०२१-२०२२ का गभर्नरहरुले सोही वर्षमा क्लव, डिभिजन तथा डिष्ट्रिक वोर्ड सदस्यले गरेका कार्यहरुको मूल्याकंन गरी पुरस्कार र सम्मान वितरण गरिएको थियो । यस वर्षको MID Year Conference मा सहभागीहरु उत्साहित देखिएका थिए ।

      

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०