कांग्रेस नेता चन्द्र भण्डारीको यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७९, बिहीबार ०५:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । मुम्बईमा रहेका माधव न्यौपानको अनुसार उनलाई अहिले मुखबाट नै खाना खुवाउन थालिएको छ । डा. भण्डारी दोहोरो संवाद गर्न थालेका छन् । भेन्टिलेटरबाट हटाएर नर्मल मास्कबाट न्यूनरुपमा अक्सिजन दिइएको छ । स्वास्थ्यका अन्य पारामिटरहरु नर्मल रहेको चिकित्सकहरुले बताएका छन् ।

‘दोहोरो संवाद गरिरहनु भएको छ।सबैकुराको जानकारी आफैलिई रहनु भएको छ। खाना मुखबाट खुवाउन सुरु भएको छ।भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।हल्का ईन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन।उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पताल ले दिदैन।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन।सुन्निएको अनुहार घटेको छ।स्वास्थ्य सामान्य तर्फ गईरहेको छ,’ न्यौपानेले भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१