कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल निश्चित् भैसक्नुभयो : गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७९, बुधबार ०६:१२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो दलले राष्ट्रपतिको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलाई अघि सार्ने निश्चित् भएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको समर्थनपनि कांग्रेस उम्मेदवारलाई नै हुने पनि दाबी गरेका छन्

पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच सघन छलफल जारी छ । आइतबारमात्रै सभापति शेरबहादुर देउवा र महामन्त्री थापालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने वचन दिएको चर्चा छ ।

गगनले आफूनिकट नेताहरुसँग माओवादीसँगको समझदारीमा नै कांग्रेसले राष्ट्रपतिमा रामचन्द्रलाई अघि सार्न लागेको बताउने गरेका छन् । उनले केही दिनअघि पनि वर्तमान सत्ता गठबन्धन पुष १० गतेभित्रै भत्किने दाबी गरेका थिए । पछिल्लो समय एमालेले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्ने तयारी गरेको चर्चा छ । तर, माधव नेपाल स्वयमले भने आफूले यसबारेमा कुनै निर्णय वा सोचिनसकेको स्पष्ट पार्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१