परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७९, बुधबार ०६:०८

बाँके । शनिबार दिउँसो नेपालगन्ज धम्बोझीस्थित भेरी ग्यासको एक बिक्रेताले बजारमा पठाउन लागेको एक सिलिण्डरमा म्याद लेखिएको थियो, बी २३। यसको अर्थ हुन्छ, उक्त सिलिण्डरको अवस्था परीक्षण गर्न अब डेढ महिना मात्रै बाँकी छ।

नेपाल आयल निगम एलपीजी विभागका प्रमुख नेत्र काफ्लेका अनुसार फलामबाट बनेको सिलिन्डर पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गरिन्छ। त्यो परीक्षणमा उपयुक्त ठहरियो भने थप ५ वर्ष प्रयोग गर्न मिल्छ भन्ने मान्यता छ। यस बेला गरिने परीक्षणमा पनि सही ठहरिए थप ३ वर्षसम्म सिलिन्डर प्रयोग गर्न सकिन्छ। ‘ग्यासको सिलिन्डरमा संकेत गरिएको मितिले सिलिन्डरको म्याद गुज्रिएको जनाउँदैन,’ प्रमुख काफ्लेले भने, ‘त्यस मितिले ‘हाइड्रोलिक टेष्ट’ गर्ने बेला भयो भन्ने जनाउँछ।’

नेपालगन्जकै पुष्पलाल चोकस्थित एक ग्यास बिक्रेताले ए २३ लेखिएको सिलिण्डर भर्खरै ग्राहकबाट ल्याएका थिए। उक्त सिलिण्डरको परीक्षण गर्नुपर्ने अवधि सुरु भएको डेढ महिना बितिसकेको छ।

पछिल्लो समय ग्यास सिलिण्डर विष्फोटका घटनाले भान्सामा रहेका ग्यास सिलिण्डरको सुरक्षामा प्रश्न चिह्न खडा गरिदिएको छ। साधारणतः ग्यास सिलिण्डर विष्फोटका घटना बिरलै हुने भए पनि विष्फोट हुनुको मुख्य कारणमध्ये म्याद गुज्रिएका, कुच्चिएका वा लिकेज भएका सिलिण्डर प्रयोग गरिनुलाई मानिन्छ।

कालान्तरमा सिलिण्डरहरू खिइएर वा विविध कारणले लिकेज हुने अवस्थामा पुगे भने खतरा हुने भएकैले हरेक ग्यास सिलिण्डरमा उक्त सिलिण्डरको परीक्षण गर्नुपर्ने म्याद लेखिएको हुन्छ। त्यस्ता सिलिन्डर ग्यास उत्पादक कम्पनीहरूले बजारमा पठाइदिने र बिक्रेताले पनि ध्यानै नदिएर ग्राहकसम्म पुर्‍याइदिने गरेका पाइएको छ।

नेपालगन्जमा परीक्षण गर्नुपर्ने म्याद गुज्रेका र गुज्रिन लागेका खाना पकाउने ग्यासका सिलिण्डरहरू बजारमा पठाइँदा दुर्घटनाको जोखिम बढेको छ। यसमा ग्यास उत्पादक कम्पनीदेखि बिक्रेतासम्मले यसमा लापरबाही गर्दै आएका पाइएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१