नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालद्धारा बधाई ज्ञापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७९, बुधबार ०६:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन बनेलगत्तै दाहालले नेपाली टोलीलाई बधाई दिएका हुन् ।

दाहालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको भन्दै नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गरेका हुन् । साथै, सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्-

आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१