कागेश्वरी पर्यटन महोत्सव भब्य रुपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७९, मंगलवार ०६:२६

काठमाडौँ । ९ औं कागेश्वरी पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी मन्दिर ब्यवस्थापन एवं पर्यटन विकास समितिको आयोजनामा फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन ९ औं कागेश्वरी पर्यटन महोत्सव सम्पन्न भएको हो ।

‘स्वच्छ हराभरा, घुम्न जाऔं कागेश्वरी मनोहरा’ भन्ने मूल नाराका साथ नगरपालिकाको वडा नं १ को गागलफेदीमाभएको उक्त महोत्सबमा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ, बागमती प्रदेश सरकार को कृषि तथा पशुपंक्षी बिकास मन्त्री केशब पोखरेल, संबिधान सभा सदस्य एबम पुर्व बागमती प्रदेश मन्त्रि रामेश्वर फुयाल नगरपालिका प्रमुख उपेन्द्र कार्की , उप प्रमुख शान्ता थापा लगायत वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु राजनीतक दलका प्रतिनिधि सहित कलाकार र स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता कागेश्वरी मन्दिर ब्यवस्थापन एवं पर्यटन विकास समितिका अध्यक्ष मणिराम अर्यालले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कागेश्वरीप्रतिको आर्कषण बढाउने उद्देश्यले पर्यटन महोत्सव गरिएको उनले जानकारी गराएका थिए। कागेश्वरी धाम १ नं वडाको मात्रै नभएर समग्र कागेश्वरी मनोहरा नगरपालिकाको समेत भएको बताउँदै वडा अध्यक्ष मुकुन्द गजुरेलले महोत्सब ब्यबस्थापन तथा बिराट महायज्ञ सफल बनाउन सबैको उत्तिकै सहयोग आबश्यक रहेको बताएका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै पौराणिक,ऐतिहाँसीक तथा धार्मीक महत्वको स्थल कागेश्वरीधामको बिकास तथा प्रचार प्रसार गर्ने उदेश्यले महोत्सब आयोजना गरिएको बताए। उनले सोहि स्थानमा २१ देखी २९ गतेसम्म बिराट महायज्ञको आयोजना समेत गर्न लागेको जानकारी दिदै उक्त कार्यक्रममा समेत सहभागी भइ पुण्य आर्जन गर्न उनले अनुरोध गरेका थिए।

महोत्सबमा स्थिानिय उत्पादन बिक्रिकक्ष, रक्तदान, स्वास्थ शिबिर, सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सँस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ, बागमती प्रदेश सरकार को कृषि तथा पशुपंक्षी बिकास मन्त्री केशब पोखरेल, संबिधान सभा सदस्य एबम पुर्व बागमती प्रदेश मन्त्रि रामेश्वर फुयाल लगायतले सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताएका थिए।

कागेस्वरी मनोहरा नगरपालिका वडा न १ गागल , नागार्जुन शिवपुरी रास्ट्रीय निकुञ्ज को काख मा अबस्थित प्रसिद्द कागेस्वरी धाम पौराणिक मत्व बोकेको पबित्र धार्मिक तिर्थ स्थल हो ।काठमाडौको उत्तर पुर्ब स्थानमा अबस्थित रहेको प्राकृतिक मनोरम झरना र हरियालीका साथै पर्याबरणिय दृस्ठिले स्वस्छ वातावरणमा सजिएर पर्यटन गन्तव्य रुपमा बिकास हुँदै गरेको यस क्षेत्रमा परम्परा रुपमा भाद्र शुक्ल अस्टमिका दिन भब्य मेला लाग्ने गर्दछ।

उक्त स्थलमा देशै भरिबाट तिर्थालु भक्तजन्हरुको घुइचो लाग्ने गर्दछ।सत्ययुगमा भगवान शिव जि यस स्थानमा आइ अन्तर्ध्यान भएको र माता पार्बतीको इच्छा अनुसार कागले खोजी गरि पत्ता लगाइ गोठ बाट दूध ल्याइ चढाउदा गोठालाहरुले थाहा पाई के रहेछ यहाँ भनी हेर्दा शिवजि प्रकट भएको र कागले इस्वर मानेकाले नै कागेस्वर नाम रहन गएको प्रचलित किम्बदन्ती रहेको पाइन्छ भने अन्य किम्बदन्तीहरु पनि रहेको छ ।

जब सतिले अग्निमा देह त्याग गरिन तब महादेब पागल तुल्य भै सतिको शब वोकी पृथ्वी भ्रमण गर्दा काध पतन भएको श्री स्वस्थानी कथामा उल्लेख गरिएको पाइन्छ भने हिमबत खण्ड पुराण मा भगबान गौतम बुद्ध समेत यस स्थानमा आइ स्नान गरि तप गरिएकोले यस्को महिमा र पबित्रता बढेको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०