काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी थालेका छन।
मार्च ८ तारिखका दिने हुने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य रुपमा मनाउनका लागि फागुन ८ गते नगरपालिकाका महिला जनप्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको नेतृत्वमा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको बैठकमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई प्रभावकारी,सहभागिता मुलक र बृहत बनाउने वारेमा गहन छलफल भएको छ।
बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख र एक वडा अध्यक्ष सहित महिला,खुल्ला तथा कार्यपालिकामा निर्वाचित ३३ जना महिला जनप्रतिनिधि रहेका छन।
प्रतिक्रिया