माओवादीमा राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रचण्डलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७९, मंगलवार ०६:०३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। आज (सोमबार)पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिईएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकपछि उनले भने, ‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो, कुनै व्यक्ति विशेष कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१