राष्ट्रपति एमालेको जन्मकुण्डलीमै छ- अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७९, सोमबार ०५:४२

काठकाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् ।  विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको दाबी गरेका हुन् ।

मिडियामा नाम आएजस्तो अहिले आफूले उम्मेदवारको नाम लिन नचाहेको र १३ गतेमात्रै उम्मेदवारको नाम दिने उनले बताए । ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहकार्यका प्रस्तावका बारेमा बोल्दै उनले पूर्वराजालाई पुरानो यादले झस्काएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१