सूचना, प्रविधिभन्दा बाहिरको कुनै विषय र मुद्दा छैन : प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७९, सोमबार ०५:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा नरहेको बताएका छन्।

राष्ट्रिय समाचार समिति(रासस) को ६२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा नरहेकोब बताएका हुन्।

सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा छैन। आजको २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको छ।’ उनले भने, ‘विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीलेपनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदोरुपमा थप अद्यावधिक गर्न आवश्यक छ। जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१