चौधबर्ष सिन्धुपाल्चोकको नेतृत्व सम्हालेका ठुलोबाबु श्रेष्ठ पार्टी उपाध्यक्ष अग्नीप्रसाद सापकोटा बाट सम्मानित

evccfn@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७९, आईतवार २१:२२

काठमाडौं । माओवादी पार्टीले कामको सिलसिलामा विभिन्न जिल्ला बाट काठमाडौं आएर बसोबास गरेका आफ्ना नेता कार्यकर्ताहरुलाई गोलबन्ध गर्न नयाँ संगठनको रुपमा बिकास गर्ने बेला देखिनै संगठनको नेतृत्व गरेका ठूलोबाबु श्रेष्ठलाई सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले सम्मान गरेको छ ।
समितिको आयोजनमा भएको बधाई शुभकामना तथा वनभोज कार्यक्रम का प्रमुख अतिथि संघिय संसदका पुर्व शभामुख तथा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नीप्रासद सापकोटाको हातबाट सम्मान गरिएको हो ।
सम्मानित हुनु भएका श्रेष्ठले संगठन को शुरूवाती चरण देखि नै सिन्धुपाल्चोक बाट काठमाडौ आई बसोबास गरिरहेका नागरिक हरुको हरक सुखदुःख मा साथदिदैं ,संगठन लाई ब्यबस्थित बनाउँदै नेतृत्व दिएर यहाँ सम्म ल्याउन मद्धत गरेकोले सम्मान गरेको आयोजक पक्षेले जनाएको छ ।
जनयुद्धकाल देखिनै माओवादीहरुलाई सहयोग गर्दै आएका श्रेष्ठ, देशमा चरमरुपमा माओवादी जनयुद्ध चर्किएको बेलामा प्रहरीको जागिर त्यागेर घर बसेका हुन् ।
सिन्धुपाल्चोकबाट काठमाडौं आई बसेका माओवादी हरु पनि श्रेष्ठलाई आदर्शकोरुपमा हेर्ने गर्दछन् । गील तथा स्टील व्यवसायी महासंघ नेपालमा समेत लामोसमय नेतृत्व तहमा बसेर कार्यसम्पादन गरेका पात्र हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१