पुर्व सभामुख अग्नी सापकोटाको प्रमुख आतिथ्यमा सिन्धु माओवादीको वनभोज सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७९, आईतवार ०९:४५

काठमाडौं । सिन्धुपाल्चोकका माओवादी नेता पुर्व सभामुख अग्नी सापकोटाको प्रमुख आतिथ्यमा सिन्धु माओवादीको वनभोज सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित बधाई, शुभकामना तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिको मनतव्यमा बोल्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा संघिय संसदको पुर्व सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल गर्ने ठाउँ बन्दै गईरहेको बताउनु भएको भएको छ ।
करिब तिन बर्ष संघिय संसदको सभामुख भएर कार्यसम्पादन गर्दा अत्यन्तै असाधारण परिस्थितिको सामना गर्नु परेको र त्यस्तो अवस्थामा पनि आफु कुनै शक्तिकेन्द्रको प्रभावमा नपरिकन देश र जनताको हितमाहुने कार्यगर्न लागि रहेको उहाँको भनाई छ ।
माओवादी केन्द्रलाई एउटा बिधि र बिधानमा अगाडी बढाउन सिन्ुपाल्चोकबाटै शुरु गर्ने उदेश्यकासाथ गत निर्वाचनमा युवानेताहरुलाई उम्मेदवार बनाएर अगाडी बढाएको उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको शभापतित्व र सचिव तोक बहादुर गधराज ( तोकेन्द्र ) को सन्चालनमा भएको कार्यक्रममा सिन्धुपाल्चोक बाट संघिय संसदमा निर्वाचित माधव सापकोटा (सुबोध ) ,माओवादी नेता केशव नेपाल , प्रदेश सभामा निर्वाचित सांसद तथा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल(शरद), प्रदेश सभामा निर्वाचित सांसद सरल सहयात्री पौडेल , सांसद अमृता नेपाल (प्रभा),सिन्धुपाल्चोक अध्यक्ष गोबिन्द पराजुली (अबिनास ) ,सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय बागमती प्रदेश समितिका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , युवा नेता टोपनाथ साकोटा , सम्पर्क समन्वय सिन्धुपाल्चोक इन्चार्ज महेन्द्र घोरासैनी ,माओवादी केन्द्रीय कार्यलय सदस्य एबिन्द्र पराजुली , बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ(प्रबेश), लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजकको तर्फबाट गत निर्वाचनमा सिन्धुपाल्चोक बाट निर्वाचित संघिय तथा प्रदेश सांसदहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बधाई, शुभकामना तथा वनभोज कार्यक्रमका संयोजक महेशलाल श्रेष्ठले “हामि सबैलाई थाहा छ भन्न जति सजिलो छ ,काम गर्न त्यति सहज छैन , पछिल्लो समय बढेको व्यक्ति केन्द्रित चाप्लुसी र चाकडी बाट प्राप्त पदमा बस्नेहरुबाट पार्टीलाई झन ओरालो तिर लैजाने निश्चित छ । यो मैले काम गर्दै गदा गरेको अनुभव हो । यो कार्यक्रम आयोजक समितिको संयोजक भएर काम गर्दै गर्दा थुप्रै प्रकारका प्रबृतिहरु संग मुकाबिला गर्नु पर्ने अवस्था आयो । तर हरेक कार्यक्रमले पार्टी कायकर्ताहरुलाई कृयाशिल बनाउन मद्यत गर्छ भन्ने कुराको पुष्टि यो कार्यक्रमले पनि गरेको छ । आफ्नो जिल्ला वा क्षेत्रको नेतृत्व संग आफ्ना दुख सुखका कुरा साटासाट गर्न यो कार्यक्रम एक कोशेढुंगा साबित हुने छ । यो कार्यक्रमले समग्र सिन्धुवासीलाई माओवादीमय बन्न र बनाउन एक पुलको काम गर्न मद्यत गर्ने छ भन्ने बिस्वास लिएको छु” । भन्नु भयो ।
कार्यक्रममा लामो समयसम्म सिन्धु मओवादीको नेतृत्वदायी भुमिकामा रहेर कार्य गरि हाल उपल्लो कमिटिको जिम्बेवारीमा पुग्नुभएका टोपनाथ सापकोटा र ठुलो बाबु श्रेष्ठलाई बधाई तथा सम्मान गरिएको थियो ।
माओवादी पार्टीलाई बिभिन्न माध्यमबाट सहयोग गर्ने तथा सिन्धुपाल्चोकको नाम अगाडी ल्याउन महत्वपुर्ण भुमिका खेल्ने , कराँतेका ओम्पुलामा , मिस तामाङ वल्र्डमा सहभागि नमुना तामाङ,जनवादी गायक ज्ञानसिं वाईवा लाई कार्यक्रमा प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो ।
वनभोज कार्यक्रममा लोक गायक भिमशेन बतिवडा र गायीका शारदा रसाईलीले सांगितीक प्रस्तुती मार्फत सहभागिहरुलाई भरपुर मनोरन्जन दिनु भएको थियो ।
म्युजिकल चियर तथा घैंटो फुटाउने खेलबाट पनि सहभागिहरुले मनोरन्जन लिनुभएको थियो ।
कार्यक्रमको सह संयोजनमा विश्वराम पराजुली ,स्वयंसेबक संयोजनमा पुरुषेत्तम चौलागाईँ , ब्यबस्थापन संयोजनमा सुवास आचार्य, आर्थिक संयोजनमा गोकुल प्रसाद दंगाल तथा प्रचार प्रसार संयोजनमा देवराज बस्नेतको भुमिका रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१