सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ०३:२२

काठमाडौं । सूर्य नेपाल गल्फ टुर आजदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुँदैछ । नयाँ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल मास्टर्स गल्फ आजदेखि ५ दिनसम्म चल्नेछ ।

आज सूर्य नेपाल प्रोएम हुनेछ भने भोलिदेखि ४ दिनसम्म मुख्य व्यवसायिक प्रतिष्पर्धा हुने बताएको छ । यसपटक सूर्य नेपाल मास्टर्स गल्फमा नेपालका ३३ व्यवसायिक र ७ एमेच्योर सहित श्रीलंका, भारत र बंगलादेशका ८६ व्यवसायिक गल्फरहरुले प्रतिष्पर्धा गर्दैछन् ।timthumb (1)

सूर्य नेपाल मास्टर्स गल्फको नयाँ संस्करण विजेताले ७ लाख ७५ हजार ९ सय २० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने कुल पुरस्कार राशी ४८ लाख रहेको छ । नेपालको सूर्य नेपाल गल्फ भारतीय व्यवसायिक गल्फ टुर (पीजीटीआइ)को समेत स्वीकृति प्राप्त प्रतियोगिता हो भने नेपालको सर्वाधिक महंगो व्यवसायिक गल्फ प्रतियोगिता पनि हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१