काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले शिवपुरी नागार्जून राष्ट्रिय निकुन्ज पिडित जनताको समस्या संसदमा सुनाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७९, शुक्रबार ०५:५८

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद सन्तोष चालिसेले शिवपुरी नागार्जून राष्ट्रिय निकुन्जबाट पिडित जनताको समस्या संसदमा उठाएका छन। बुधबार प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रिय निकुन्जका नीतिहरु नागरिकमैत्री बन्न नसक्दा स्थानीयबासीहरु निकुञ्जपीडित बन्न पुगेका बताएका हुन ।

काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वरको सुन्दरीजल मुलखर्क लगायत निकुन्जको मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्दै आएका नागरिक र उनिहरुका आफन्त आवतजावत गर्दा र सोहि स्थानमा रहेको धार्मिक स्थल सुन्दरीमाइ दर्शन गर्न समेत चर्को शुल्क तिर्न बाध्य हुनु दुखदायी रहेको बताएका हुन ।

निकुन्जको नीतिका कारण चर्को शुल्क तिर्न बाध्य बने पछि आन्तरीक तथा विदेशी पर्यटकहरुको आगमनमा कमि आउदा स्थानीयको आयआर्जनमा समेत असर पुगेको हुँदा तत्काल समस्या समाधानको माग गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१