कागेश्वरी मनोहरा नगरपालिकामा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको आज बाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७९, शुक्रबार ०५:५४

काठमाडौँ  । कागेश्वरी मनोहरा नगरपालिकामा भोलि बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट हुने भएको छ । आज  बाट शुरु हुने प्रतियोगता फाल्गुन ८ गते सम्म चल्नेछ । सो प्रतियोगितामा नगरपालिका भित्र संचालनमा रहेका संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिध्यालयले सहभागिता जनाएको नगरपालिकाले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा नं ७ का वडा अध्यक्ष भीमसेन थापाले जानकारी गराए। उनले नगरस्तरीय प्रतियोगिता छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउने जानकारी गराए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र प्रत्येक खेलको लागि संयोजक समेत तोकिएको जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रत्येक खेलाडीहरुको बिमा समेत नगरपालिकाले गरिदिने जानकारी दिदै नगरपालिकालाई खेलकुद हबको रुपमा विकास गर्न लागिपरेको जानकारी गराए ।

बिहान मुलपानी चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन पनि उनले अनुरोध गरेका छन । साथै उनले फाल्गुन सात गते प्रजातन्त्र दिवसको अवसरमा हुन लागेको ९ औं कागेश्वरी महोत्सबमा समेत सहभागी हुन अनुरोध गरेका छन । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा नगरपालिकाको पर्यटन प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागेको महोत्सब सफल बनाउन सबैलाई अपिल समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा शाखा प्रमुख बिमल निरौला वडा अध्यक्षहरु मुकुन्द प्रसाद गजुरेल , प्रकाश फुयाल, राममणि पुडासैनी , विजय श्रेष्ठ (धन),शंकर पाण्डे ,हरिभक्त पुडासैनी,अनिल थापा वडा सदस्यहरु कार्यपालिका सदस्य सहित बिभिन्न बिध्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१