कुनै दलको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७९, शुक्रबार ०५:२९

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीले कुनै पनि दलको उम्मेद्‍वारलाई राष्ट्रपति बनाउने सहमति नगरेको बताएका छन्। आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले कुनै पनि दलको उम्मेद्‍वारलाई राष्ट्रपति बनाउने सहमति नगरेको बताउँदै माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको र सो लाई निरन्तरता दिनुपर्ने बताएका छन्।

उनले भने, ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको छ। राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो। त्यसो हुँदा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर उहाँहरुलाई पनि सम्बोधन गर्नेगरी राष्ट्रिय सहमतिको वातावरणलाई अझ सुदृण गर्ने गरी अगाडि बढ्नु राष्ट्रपति चयनका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ भन्ने हाम्रो धारणा हो।’

उनले संसदमा सरकारलाई विस्वासको मत दिने सबै दलहरूको भावनालाई सम्बोधन गर्नुपर्ने बताए। उनले प्रमुख प्रतिपक्षलाई पनि विस्वासमा ल्याउनु पर्ने अवस्था आएको भन्दै भने, ‘विगतको जस्तो प्रतिगमन नदोहोरिने गरी विस्वासको वातावरण हामीले खोजेका छौँ। हामी कुनै पनि हालतमा प्रतिगमनलाई अगाडि बढ्न दिदैनौँ।’

माओवादीको अहिलेको यो सरकारले नेपालको इतिहासमै संसद्‍मा सर्वाधिक समर्थन हासिल गरेकाले राष्ट्रपतिको चयनमा पनि बृहत् राष्ट्रिय सहमति गर्न खोजिएको उनल बताए। भने, ‘हामीले कुनै पनि दल विशेषलाई भनेका छैनौँ। कुन दलको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति पनि गरेका छैनौँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१