९ औं कागेश्वरी पर्यटन महोत्सव फाल्गुन ७ गते हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७९, बिहीबार ०६:०१

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पूर्वी कागेश्वरी मनोहरा नगरपालिकालाइ पर्यटकीय संभावनाको उजागर गर्दै पर्यटनका माध्यमबाट आर्थिक विकासमा जोड दिने उद्धेश्यले गर्न लागिएको ९ औं कागेश्वरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्टिय निकुञ्ज भित्रको जङ्गलमा कागेश्वरी महादेवको मन्दिर रहेको छ भने जसलाई धार्मिक तथा पर्यटकीय स्थल रुपमा लिइने गरिन्छ । यो स्थल धार्मिक हिसाबले मात्र नभइ पर्यटकीय र पुरातात्वीक हिसाबले पनि त्यतिकै महत्वपुर्ण छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिनमा भब्य मेला लाग्ने उक्त मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहि आएको छ।

प्राकृतिक मनमोहक दृश्यसंगै कागेश्वर महादेवको मन्दिर मुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ त्यस्तैगरी उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। साथै धार्मिक र प्राकृतिक महत्व बोकेको कागेश्वरी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रदेश सांसद रामेश्वर फुयाल को नेतृत्व र स्थानीयहरुको कवाड सहयोगमा २०० किलोको कागको प्रतिमा गत काग तिहारको दिनमा स्थापना गरिएको थियो ।जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ । सत्ययुगमा सतिदेवीको अंग पतन भएर यहां एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी ब्रतकथामा उल्लेखित छ।

बौद्ध धर्मावलम्बीले भने कागेश्वरी महादेवलाई गुरु मानी झाँक्री बन्न चाहने नयाँ शिष्यलाई कागेअष्टमीको दिनमा कागेश्वरी महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको पाइन्छ । यो स्थानमा पहिले सुनको काग भए पनि त्यो हराएर अहिले पित्तलको काग राखिएको छ ।

काठमाडौं जिल्लाको मनोरम स्थान गागल फेदीमा अवस्थित कागेश्वरी क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न अहिले स्थानीय बासी क्रियाशील भएर जुटेका छन् । संबिधान सभा सदस्य तथा बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयालले कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरेका थिए ।उनैको पहलमा फाल्गुन ७ गते कागेश्वरी पर्यटन महोत्सव को सुरुवात गरेर यो वर्ष पनि त्यसैको निरन्तरता स्वरुप ९ औं कागेश्वरी पर्यटन महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ। नेपालको पहिलो जन क्रान्ति भएको दिन फागुण ७ गते महोत्सव संचालन गर्ने गरिएको संबिधान सभा सदस्य तथा बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयालले जानकारी गराएका छन ।

 

फाल्गुन ७ गते हुने ९ औं कागेश्वरी महोत्सब सफल बनाउन सबै जना एक जुट हुन अनुरोध गरेका छन । “हात हातमा राष्ट्रिय झण्डा बोकेर साझा भाबनाले योगदान गरौं ,जो जहाँ पुग्छौं सकारात्मक प्रचार गरौं, माग गर्ने दिन गए अब आफनो दायित्व पूरा गरौं” भन्दै उनले कागेश्वरी महोत्सबमा सहभागी हुन अनुरोध गरेका छन् ।उक्त महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, विविध झाँकी तथा साँस्कृतिक प्रस्तुती, महोत्सवमा तामाङ जातीको साँस्कृतिक झाँकी, भेषभूषा, तथा स्थानीय कृषि उत्पादन मुख्य आकर्षणको रूपमा रहने छन् भने हस्तकलाका सामग्री आदीको प्रदर्शनी समेत गरीने भएको छ।

समग्र कागेश्वरीको एकिकृत गुरुयोजना निर्माण गरी यसलाई कागेश्वरी धामका रुपमा विकास गर्ने र पर्यटनका मार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल ले बताए ।उनले “गुरुयोजना नै बनाएर कागेश्वरी धामको निर्माण र विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन हुने भएकाले नगरपालिका पनि सोहि काममा जुटेका जानकारी दिए ।

 

उनले कागेश्वरी महोत्सबलाइ भब्य र सभ्य बनाउने उदेश्यले कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडामा बृहत छलफल अघि बढाएको पनि बताए। उनले कागेश्वरी महोत्सबको तयारी अनुसार सरसफाई युवा भेला स्थानीयस्तरमा छलफल, निमन्त्रणा पत्र आदिको तयारी अन्तिम चरणमा पुगेको समेत बताए । उनले प्रचारप्रसार सहित महोत्सबलाइ सहयोग पुर्याउने उदेश्यले मूल आयोजक सहयोग समिति समेत गठन गरेको जानकारी दिए। उनले स्वागत प्रवेश द्वार निर्माण , प्रचार प्रसारको ब्यानर निर्माण आदिको काम अघि बढेको समेत जानकारी दिए ।उनले तेस्रो कागेश्वरी महोत्सबमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०