आइपुग्यो ‘बुस्टर डोज’ खोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७९, बिहीबार ०५:३३

काठमाडौं । सरकारले कोरोनाविरुद्धको बुस्टर डोजका लागि फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) ल्याएको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमासमेत प्रभावकारी मानिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) सोमबार नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधामार्फत ल्याउने तयारी भएको १५ लाख डोजमध्ये पहिलो चरणमा ३ लाख ४५ हजार डोज ‘बाइभ्यालेन्ट’ खोप सोमबार बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।

चौरसियाका अनुसार सो खोप टेकुमा भण्डारण गरिनेछ भने सबै प्रदेशमा आवश्यकताअनुसार बुस्टर डोजका लागि पठाइनेछ । ओमिक्रोनका ‘सबभेरिन्यट’ संक्रमण रोक्न सो खोप प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधामार्फत ल्याउने तयारी भएको १५ लाख डोजमध्येको बाँकी फागुन दोस्रो सातासम्म आइपुग्नेछ । ल्याउन बाँकी खोप ३ लाख ४५ हजारकै दलले ४, ८, ११ र १५ फागुन गरी चार चरणमा ल्याइने विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख चौरासिया बताउँछन् ।

बुस्टर डोजका लागि ल्याइएका यी खोप १२ वर्षमाथिका दुई डोज पूरा गरेका नागरिकलाई दिइनेछ । दोस्रो बुस्टर डोज ६ समूह छुट्याएर दिइने जनाइएको छ । जसअनुसार ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोगी, गर्भवती र स्वास्थ्यकर्मी प्राथमिकतामा छन् ।

छिमेकी मुलुकमा ओमिक्रोनको उपप्रजाति ‘बीएफ ७’ फैलिरहेको भन्दै सरकारले बुस्टर नलगाएका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१