बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरेको आरोपमा ४ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७९, बिहीबार ०५:१३

काठमाडौं । सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेख घरभइ तारकेश्वर बस्ने २४ वर्षिय चिरन रेग्मी, समाखुसीका ३५ वर्षिय नविन खड्गी, रुपन्देही घरभएका २२ वर्षिय सुजन खत्री र झापा घरभइ स्वयम्भु बस्ने १७ वर्षिय प्रदिप बस्नेत रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले मोबाइलसम्बन्धीका विभिन्न समाग्रीहरु पनि बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१