सर्जक तथा कलाकार बिजेन्द्र नौबागे उपराष्ट्रपति नन्द किशोर पुन (पासाङ)बाट सम्मानित

evccfn@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७९, बुधबार २३:३९

काठमाडौं । अब जे होला होला टेलीचलचित्रको ५२ औं भाग सम्म पुगेको अवसरमा ब्राण्ड यु पिक्चर्स प्रा.लि. र तार्केश्वर कला प्रतिष्ठानले एक भव्य कार्यक्रम आयोजना गरि नेपाली सर्जक तथा कलाकारहरुलाई सम्मान गरेको छ ।
उपराष्ट्रपति भवन लैनचौरमा उपराष्ट्रपति नन्द किशोर पुन (पासाङ)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का प्रवन्ध निर्देशक ,सर्जक तथा कलाकार बिजेन्द्र नौबाग सम्मानित भएका हुन् ।
एक्टिभ ईन्टरटेनमेन्टले यो भन्दा अगाडी पनि २०७४ सालमा स्थापना भए लगत्तै विभिन्न विद्यालयहरुमा छात्रवृत्ति पोसाकहरु वितरण साथै नेपाली गित संगीत बजार व्यवस्थापन, प्रज्ञा प्रतिष्ठान कमलादीमा “म हुँ सुन्दर नेपाल” राष्ट्रिय गिती एल्बम विमोचन, अनाथ, असाय, अपाङ्गता सहयोगार्थ साथै राष्ट्रिय कलाकार सम्मान, “मेरो प्यारो गाउँ” गिती एल्बम् लोकापर्ण साथै कलाकार सम्मान, राष्ट्रिय कलाकार सम्मान साथै स्नेह मानव सेवा अभियान सहयोगी दाता सम्मान साथमा विभिन्न सांगितिक कार्यक्रम, राष्ट्रिय पेशागत कलाकार तथा श्रजक साथै समाजसेवी संचारकर्मी सम्मान अनि विभिन्न सांगितिक कार्यक्रम , पहिलो एक्टिभ डान्स स्टार कम्पिटिसन फाईनल कार्यक्रम, पहिलो “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” उत्कृष्ट पाँच मनोनित सर्टिफिकेट वितरण कार्यक्रम, पहिलो राष्ट्रिय “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” कार्यक्रम,२०७७ साल देखी कलाकार, पत्रकार बिच म्यूजीकल भलिबल प्रतियोगिता सुरुवात लगायतका कार्यहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१