हिमाली जिल्लामा विद्यालय खुल्दै

suman100@gmail.com' suman basnet
३ फाल्गुन २०७९, बुधबार १६:००

कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो ।

केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ । मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुुुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख दलबहादुर बस्नेतले बताए ।

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द हुने गरेका छन् । फागुन १ बाट नयाँ शैक्षिक सत्रमा नियमित पढाइ सञ्चालन गर्न आग्रह गरिएको बस्नेतले बताए । जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरेपनि अधिकांश विद्यालय फागुन २ सम्म खुलेका छैनन ।

उपल्लो डोल्पादेखि अन्य ठाउँमा आवासीय विद्यालय स्थापना गरेपछि मात्र नियमित पढनपाठन हुने सरोकारवाला बताउँछन् । फागुन लागेपनि चिसो अझैँ घटिनसकेकाले शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन । स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर छन् । वार्षिक परीक्षा गरिसकेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु लगत्तै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउनुपर्ने भए पनि अहिलेसम्म हिमाली जिल्लामा कुनै तयारी भएको छैन ।

जति सूचना प्रकाशित गरे पनि शिक्षक तथा कर्मचारी चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीयवासी बताउँछन् । कर्मचारी तथा शिक्षक समयमै गाउँमा आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ । कर्णालीमा दुई शैक्षिक सत्रमा पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१