ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधि र मुख्यमन्त्री बिच छलफल : व्यवसायीक सुधारकालागि प्रदेश सरकार सकारात्मक

evccfn@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७९, बुधबार ११:२५

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले समग्र व्यवसायी तथा मजदुरहरुको हितमा निति निर्माण गर्न आफ्नो कार्यकालमा कुनैपनि कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ सहितको टोलि संगको भेटघाटको क्रममा उहाँले आफु पनि मजदुर सेक्टर बाटनै आएकोले हरेक मजदुर र व्यवसायीको पिरमर्कामा नजिक रहेको बताउनु भएको हो ।
भेटघाटको क्रममा प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले फलाम जन्य वस्तुमा बारम्बार भईरहने मुल्य बृद्धि तथा व्यवसायीक लगानिको सुरक्षा, स्थानिय सरकार संगको समन्वय र मजदुरहरुको हकहितको बारेमा कुरा उठाउनु भएको थियो ।
भेटघाटमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका उपाध्यक्ष महेशलाल श्रेष्ठ , सिन्धुपाल्चोकका माओवादी नेता रोहिणी बि.क.(तस्विर), सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तथा ग्रील व्यवसायी तोक बहादुर गधराज तोकेन्द्र लगायतको उपस्थिति रहेको थियो ।
भेटघाटका क्रममा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले अब आफु माओवादीको मात्र मुख्यमन्त्री नभएर समग्र बागमती प्रदेशकै मुख्यमन्त्री भएकोले केही न केहि नयाँ योजना र भिजन लिएर आउन भेटघाटमा आउने सबैलाई उहाँ आग्रह समेत गर्नु भयो । व्यक्तिगत समस्या भन्दा पनि संमृद्ध नेपाल निर्माणमा हामिले खेल्नुपर्ने भुमिका र सामाजिक समस्याको समाधानको लागि आउन उहाँले अग्रग गर्नु भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले ग्रील तथा स्टील व्यवसायीहरुको लागि बागमती प्रदेश सरकारले के गर्नु पर्ने हो आफ्नो बिधि र बिधान अन्तरगत रहि सबैकाम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यो भेटघाट छोटो भएपनि उपलब्धिमुलक रहेको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१