सुन्दरीजलमा हुने दुर्घटना न्युनिकरणको लागि ‘श्री सुन्दरीजल शान्ति बाटीका’ गठन

evccfn@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७९, बुधबार ०९:४०

काठमाडौं । प्रतेक वर्ष सुन्दरीजल क्षेत्रमा घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटकको दुर्घटनामा परि ज्यान जानेहरुको संख्या बढ्दै जान थालेपछि त्यस क्षेत्रको जोखिम न्युनिकरण र संरक्षणको लागि आवश्यक कार्य अगाडी बढाउन त्यस क्षेत्रमा ज्यान गुमाएका आफन्त,समाजसेवी ,स्थानिय सरकार र स्थानिय प्रशासन सहितको एक भेलाले “श्री सुन्दरीजल शान्ति बाटीका” नाम संस्था गठन गर्ने निर्णय गरेको छ ।
प्रतेक वर्ष दर्जनौले ज्यान गुमाउन थाले पछि ,कसरी रोकथाम गर्न सकिएला भन्ने बिषयमा यो भन्दा अगाडी पनि पटक पटक छलफल तथा बहसहरु भएका थिए तर कार्यन्वयन भने हुन सकेको थिएन ।
यहि २०७९ श्रावण ७ गते सिन्धुपालचोक घर भई कपन बसोबास गर्ने दया श्री प्रधानका छोरा शुभम् श्री प्रधानको दुर्घटनामा परि ज्यान गएपछि पिडीत परिवारले स्थानिय सरकार र स्थानिय प्रशासन संग त्यस क्षेत्रको सुधारकोलागि केहि सहमति गरेर मात्र शुभम् श्री प्रधानको पार्थिव शरिर बुझेको थियो ।
सहमति भएका बिषय कार्यन्वयन नभएको भन्दै पिडित परिवारले कयौं पटक स्थानिय प्रशासन र स्थानिय सरकारलाई ध्यानाकषर्ण गराएको थियो ।
पिडित परिवारहरुको पटक पकटको प्रयास पछि अहिले एउटा समितिनै बनाएर कार्य अगाडी बढाउने निर्णय भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका पुर्व मेयर तथा वर्तमान सांसद माननिय सन्तोष चालिसे लाई प्रमुख सल्लाहकारको रुपमा मनोनित गरेको भेलाले ९ सदस्सीय सल्लाहकार समिति र ११ सदस्सीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिको अध्यक्षमा कैलाश मान श्रेष्ठ ,उपाध्यक्षमा बाबुराम प्रधान(दया श्री) र प्रिङ्कन लामा, सचिवमा रनिला श्रेष्ठ,सहसचिवमा धर्मकुमारी पौडेल, कोषाध्यक्षमा विमल श्रेष्ठ , सदस्यहरुमा डा. नर विक्रम थापा ,नरेश मानन्धर,सजन तामाङ,लक्ष्मी प्रसाद जोशी, पार्वती श्रेष्ठ (पारु) रहेका छन् ।
कार्य समितिगठन गर्दा गोकर्णेश्वर नगरपालिका वडा नम्बर १का प्रतिनिधि,अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास आयोजना का प्रतिनिधि ,शिवपुरी राष्ट्रिय निकुन्जका प्रतिनिधि ,सुन्दरीजल शिवपुरी मध्यवर्ती उपभोक्ता समिति तथा प्रहरी प्रभाग सुन्दरीजललाई समेत आमन्त्रण गरिएको थियो ।
नव गठित कार्य समितिले आर्थिक व्यवस्थापन प्रणाली व्यवस्थित बनाउन बैक खाता खोल्ने देखि सम्बन्धित क्षेत्रको विज्ञ सहितको टोलिले यस क्षेत्रको संरक्षण सहितको गुरुयोजना बनाई सरकारका बिभिन्न निकायहरुमा पेश गर्ने र कार्यन्वयनको लागि अगाडी बढ्ने निर्णय गरेको कार्यसमितिका उपाध्यक्ष बाबुराम प्रधान (दया श्री) ले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१