श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

suman100@gmail.com' suman basnet
२ फाल्गुन २०७९, मंगलवार ११:१७

दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

घरमा उहाँहरू दुईजना मात्रै  बस्दै आउनुभएको रहेछ ।विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै  मृत्यु भएको  छ ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए । गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।

शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१