चामुण्डा माध्यमिक विद्यालयले लियो,२०७९ सालको गोकर्णेश्वर नगरस्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिंङ शिल्ड

suman100@gmail.com' suman basnet
१ फाल्गुन २०७९, सोमबार ११:३९

स्वास्थ्यको लागि खेलकुद गोकर्णेश्वरको लागि खेलाडी भन्ने मूल नाराको साथमा आयोजित  गोकर्णेश्वर नगरपालिका स्तरीय अन्तर बिद्यालय  राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माध्यमिक विद्यालयले जितेको छ ।चामुण्डा माध्यमिक  विद्यालयले  २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड  प्राप्त गरेको हो ।                                                                                                                                      

                                                     

समापन तथा पुरस्कार वितरण समारोह नगर प्रमुख दीपक रिसालको सभापतित्वमा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाको विशिष्ठ आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, जयराम महत, नवराज लामा, केशव गुरुङ, नगर युवा तथा खेलकुद समतिका संयोजक सञ्जय लामाको विशेष आतिथ्यता रहको थियो । कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, प्रेम बहादुर खड्का, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मी गुरुङ, प्रियस दाहाल, गंगा प्रसाद खतिवडा, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु हरि प्रसाद उपाध्याय, भुपेन्द्र बोहरा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २०६ अंक सहित चामुण्डा मा.वि.प्रथम भएको छ । इष्टपोल मा.वि.१३९ अंक सहित द्वितीय र ९६ अंक सहित गोकर्ण मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः नगद रु १५ हजार, १२ हजार र ९ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१