शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जिते

suman100@gmail.com' suman basnet
१ फाल्गुन २०७९, सोमबार १०:३७

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन ४ महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि स्टेन एमटिभीका विजेता भइसकेका छन् ।

प्रियंका चाहर चौधरी, ठाकरे र स्टान शीर्ष ३ फाइनलमा पुगेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । स्टानले सबैभन्दा बढी मत पाएका छन् । कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो । बिग बोस १६ को उपाधि प्रियंकाले जित्न नसकेपनि सलमानले आफ्नो लागि वास्तविक विजेता आफू नै भएको बताएका छन् ।

शोको फाइनलमा सलमानले आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को गीत ‘नैयो लग्दा’ सार्वजनिक गरेका थिए । यस गीतमा सलमान अभिनेत्री पूजासँग स्क्रिनमा रोमान्स गर्दै देखिएका छन् । उनले यो गीत भ्यालेन्टाइन डेको अवसरमा विशेष रुपमा सार्वजनिक गरेका हुन् । योसँगै फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । यो गीतलाई हिमेश रेशमियाले संगीत दिएका हुन् ।

धेरै टिभी र बलिउड स्टार कास्ट पनि शोको फाइनलमा पुगेका थिए । यसै क्रममा अभिनेता सनी देओल र अमिषा पटेल आफ्नो आगामी फिल्म ‘गदर २’ को प्रमोशन गर्न पुगेका थिए । फ्यानले बिग बोसको १५ औं सिजन भन्दा १६ औं सिजनलाई बढी मन पराए । बिग बोसको पहिलो सिजन आशिकी अभिनेता राहुल रोयले जितेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१