बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ मा ५ दिने उद्घोषण तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७९, सोमबार ०८:०९

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११  मा ५  दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न  भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ को आयोजनामा वडा भित्रका महिला समुहहरूलाई लक्षित गरी आयोजित ५ दिने उद्घोषणकला तालिम सम्पन्न भएको हो ।  वडाको  आफ्नै  हलमा आयोजित कार्यक्रमको समापन सत्र वडाका वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेर सम्पन्न भएको थियो  । समापन सत्रमा सहभागीहरुले आफ्नो अनुभव व्यक्त गर्नुका साथै विभिन्न रोचक अतिरिक्त प्रतिभा प्रस्फुटन गरेका थिए । प्रशिक्षार्थीहरूले प्रशिक्षणले निर्धक्कसँग मन्चमा उभिएर दर्शकश्रोताहरुको उपस्थितिमा कार्यक्रम सन्चालन गर्न सक्ने क्षमता र आत्मविश्वास वृद्धि गरेको अनुभव व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले प्रशिक्षकले नतिजा दिनुभएको र सबैजनाको प्रस्तुति श्रवण गर्दैगर्दा औधी खुसी लागेको र आगामी दिनमा समेत यस प्रकारका तालिमलाई निरन्तरता दिदै वडावासीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा उल्लेख्य योगदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई वडामा हुने कार्यक्रमहरुमा कार्यक्रम सन्चालिकाको भुमिका र अन्य विविध अवसर प्रदान गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । कार्यक्रममा प्रशिक्षक शंकर प्रधान, वडा सचिव नविन्द्र बहादुर तामाङ, सभाध्यक्ष शर्मिला गौतम लगायतले सहभागीलाई शुभकामना दिदै आगामी दिनमा हरेक क्षेत्रमा अग्रसर रही नेतृत्व विकासमा सक्रिय रहन प्रेरित गर्नुभयो । कपन प्रहरी प्रभागकी प्रहरी निरिक्षक कृष्ण बस्यालले साइबर अपराधको सन्दर्भमा महत्वपुर्ण जानकारीमुलक कक्षा सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१