ठुला ठुला र बिकसित देशहरुको बिचमा रहेको हाम्रोजस्तो अल्प बिकसित तथा बिकास उन्मुख देशलाई अन्तराष्ट्रिय रुपमा भइरहेको गतिबिधिले प्रभाव पारिरहेको हुन्छ ।
विश्वका महाशक्ति राष्ट्रहरुको टकरावको प्रभावले हाम्रो जस्तो देशलाई नराम्ररी असर गरिरहेको छ ।
अहिले सजिलै देख्न र अनुमान लगाउन सकिने छिमेकीको रुपमा रहेको चिन र भारत तथा भुमण्डलिकृत बिश्वमा राज गर्न खोजिरहेको संयुक्तराज्य अमेरीका बिचको टकरावले नेपालको राजनैतिक ,आर्थिक तथा सामाजिक क्षेत्रमा गहिरो असर पारिररहेको छ ।
प्रबिधिको बिकास संगै कृतिम बस्तुको उत्पादनमा बृदि र त्यसको बजारिकरणको लागि तयार गरिने वातावरण ले विश्वलाईनै तरंगित बनाउने घटनाहरुको मञ्चनहुने गरेका छन् जसले नेपाललाई समेत अछुतो राखेको छैन ।
नयाँ नयाँ प्रबिधिको बिकास संगै मानविय श्रमको प्रयोग कम हु्न थालेपछि मानिसहरुको दिमाग अप्राकृतिक गतिबिधि तिर केन्द्रीत हुन थालेको छ । जसले ठुला ठुला युद्धको संकेत गरिरहेको छ ।
जसरी मानव अधिकारको नाममा दास प्रथाको उन्मुलन भयो भनिएको छ ,वास्तवमा अहिलेको अवस्थालाई मुल्याङ्कन गर्ने होभने त्यो आधुनिक रुपमा झन क्रुर भएर लागु गरिएको भान हुन्छ ।
रुस र युक्रेन युद्धले तेश्रो विश्वयुद्धको संकेत गर्नु तथा त्यसको प्रभाव विश्वभरी पर्नुले राम्रो कुराको संकेत गरिरहेको छैन ।
हामि जस्ता देशहरु शाँढेको जुधाई बाछाको मिचाईमा पर्ने निश्चित छ ।
बिश्वमा हतियार मात्र उत्पादन गर्ने देशले चाहने भनेकै युद्ध हो । त्यहि अनुरुपको विज्ञापन गरेर हरेक देशलाई युद्धको अवस्थामा धकेल्नु उसको व्यापारिक रणनिति हो ।
अरबौं रकम विज्ञापनमा खर्च गरेर मिडियालाई आफ्नो पहुँचमा राख्न सक्नु उसको क्षमताको कुरा हो । आज विश्वमा त्यहि भईरहेको छ जो पाँच सात वटा मिडिया र दुई चार वटा देशले चाहन्छन् । यो कूरा सबैलाई थाहा छ तर बोल्न कोहि तयार छैनन् । जसले बोल्ने आँट गरेका छन् उसलाई आतंककारीको बिल्ला भिराएर बहिस्कार गर्ने निति अपनाईन्छ र सफाय गरिन्छ ।
दिन प्रतिदिन विश्वमा घटेका हरेक घटनाले नेपाललाई कतै न कतैबाट असर गरिरहेको हुन्छ । यो हुनु भनेको आत्मनिर्भरमुखि अर्थतन्त्र नहुनु मुख्य कारण हो ।
राष्ट्रिय परिस्थितिलाई राष्ट्रिय राजनितिले नेतृत्व गरिरहेको हुन्छ । नेपालमा राजनैतिक स्थायीत्व बिना परिवर्तन सम्भव छैन भन्ने सत्य होला तर आम नागरिकमा निस्वार्थमुखि राजनैतिक चेतना पैदा नभएसम्म राजनैति स्थायीत्व हुने संकेत देखिएको छैन ।
अन्तराष्ट्रिय शक्ति केन्द्रहरु नेपालमा राजनैतिक स्थायीत्व चाहिरहेका छैनन् । नेपालमा रहेका उनिहरुका तलबि पात्रहरुले सोहि अनुरुप कार्यसम्पादन गरिरहेका छन् । यसरी नेपालको बिकास सम्भव छैन । नेपाल यतिबेला अन्तराष्ट्रिय शक्ति केन्द्रको खेल मैदान बनिरहेको छ ।
भारत र चिनको एउटा बजारको हिस्साको रुपमा रहेको नेपालमा केहि पनि उत्पादन हुनुहुँदैन भन्ने उनिहरुको चाहनालाई नेपालिहरुले सहजै पुरा गरिदिए पछि उनिहरुलाई झन सजिलो भएको छ ।
चिन बाट नेपालमा जनै र गुन्द्रक आयत हुनुले के संकेत गरिरहेको छ एउटा सामान्य मान्छेले बुझ्ने कुरा हो ।
निर्बाहमुखि जिवनशैलि र आयातमुखि अर्थतन्त्रले देशलाई अन्तत असफल राष्ट्रबनाउन मद्यत गर्ने छ ।
शक्ति केन्द्रको आडमा बनेको बहुध्रुविय समुह तथा गुटको असर यतिबेला ,राज्य ,समाज ,हुँदै परिवार भित्र समेत पसिसकेको छ ।
एउटै परिवार भित्रका पात्रहरु समेत आर्थिक र राजनैतिक कारणले जिवनभर पानि बाराबारको अबस्थामा पुग्नुले अहिलेको सामाजिक चरित्रको उजगार गरिरहेको छ ।
गाउँ बाट बजार ,बजार बाट शहरर शहरबाट बिदेशि मुलुकमा हुने पलायनताको स्थिति हेर्दा समग्र देशको भुमि व्यवस्थापनमा समेत गहिरो असर गरिरहेको छ ।
गाउँका जग्गाहरु बाँझो रहने भान्सामा तरकारी बिदेशबाट आईपुग्ने अवस्था सिर्जना हुनुमा मुख्य दोषि को हो तपाई हामि सबैलाई प्रस्ट थाहा छ ।
देखासेखीको बहानामा भईरहेको अति उपभोगवादी चिन्तनले समाजलाई अपराधिकरणको बाटोमा लैजान निर्देशित गरिरहेको जस्तो देखिन्छ । सुन ,चाँदि ,हिरा ,मोति तथा धन सम्पतिलाई ईज्वत र प्रतिष्ठाको रुपमा देखाउन र हेर्न थाले पछि मानिसहरुले अन्याय ,अत्याचार , बेथिति ,बेरुजु ,भ्रष्टाचारलाई अंगालेर भएपनि सम्पति कमाउने धन्दामा लाग्न थालेका छन् ।
सामाजिक संस्कार कै कारण बिस्तारै आफन्त आफन्त बिचको भाइचारा हराउँदै मात्र गईरहेको छैन अधिकारको बहानामा छोरा छोरीहरुले बुबा आमालाई पढाउन समेत थालेको देख्न पाईन्छ ।
यहि रितले समाज अगाडी बढ्ने हो भने समाजको अपराधिक श्रंखला बढेर देश पुन गृहयुद्धमा जाने निश्चित छ ।
प्रतिक्रिया