घुम्नैपर्ने नेपालका यी दुईदर्जन ठाँउ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७९, शुक्रबार ०३:२१

सुर्य बराल
प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया समथर फाँट, त्यस्तै बनजंगलमा पाईने डाँफे, मयुर, कोईली, चिरबिर गर्ने भगेंरा लगाएतका सयौं पन्छीहरुको गुनगुनाई, हात्ती गैंडा, बाघ, मृग, चित्तल, गोही लगाएत हजारौ जिबजन्तुको बासस्थान रहेको हाम्रो देश नेपाल साच्चै भन्ने हो भने बिश्वको जिवन्त स्वर्ग हो । मानिसहरु मरेपछीको स्वर्गको कुरा गर्दै लाखौं करोडौं खर्चिन्छन् तर हामी नेपाली स्वर्गमै छौं । प्राकृतीक हिसाबले मात्रै होईन हाम्रो देश नेपाल धार्मीक, एतिहासिक एवं साँस्कृतीक रुपमा पनि सम्पन्न छ । नेपालमा बिश्वले मानेको बौंध धर्मका प्रबर्तक भगवान गौंतम बुद्धको जन्मस्थल लुम्बिनी छ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर छ । हिन्दुहरुको पबित्र तिर्थस्थल देवघाट लगाएतका दर्जनौं शक्तिपिठहरु यहि छन् । बिश्वको सबैभन्दा ठुलो बुद्धको मुर्ति लगाएतका दर्जनौं बौध स्तुपाहरु छन् । साँस्कृतीक रुपमा पनि नेपाल धनी नै छ । यति सानो मुलुककमा यहाँ बिभिन्न साँस्कृतीक भेषभुषा भएका हाम्रो सँस्कार र सँस्कृती छ । हाम्रो ऐतिहासिक पृष्ठभुमि छ । बिश्वमा कसैसँग नझुक्ने हामी नेपालीका पुर्खाहरु नेपालका राष्ट्र निर्माता पृथ्बी नारायण शाह, बिर बलभद्र कुबँर, भिमसेन थापा, अमरसिंह थापा लगाएतका हाम्रा बिर गोर्खालीको ईतिहास स्मरण गर्दा आज पनि हामी गर्बले छाती फुलाउछौं भने बिश्वले शिर निहुराउने गर्छ । समग्रमा भन्दा हाम्रो प्राकृतीक सुन्दरता र साँस्कृतीक सम्पदा अमुल्य, अनुपम र अपारम्पार छ । भनिन्छ कस्तुरीले आफ्नो शरिरमै भएको बिणाको सुगन्ध खोज्दै भौतारिए जस्तै हामी हाम्रो प्राकृतीक स्वर्गलाई छाडी कृतीम र बनावटी दुनियाका कन्क्रिटको जंगल हेर्न लाखौं खर्चिएर बिदेश घुम्न जान्छौं, बास्तवमा हामी नेपाली हाम्रै देशमा भएका यी प्रकृतीक एवं साँस्कृतीक धरोहरहरु अवलोकन गर्नबाट छुटिरहेका छौं । बिश्वका कयौं देशका मानिसहरु हाम्रा यी धरोहरहरु हेर्न लाखौं खर्चिएर आईरहेका छन् हामी केही हजार खर्चिएर लाखौंं कराडौंको अनुभुति संगाल्ने अवसरबाट आफ्नै सोंच र बेफुर्सदीको कारण बन्चित भईरहेका छौ ।
सरकारले हालै पर्यटन बर्ष २०२० घोषणा गरेको छ । यो सह्रानिय पक्ष हो । सरकारले घोषणा गरेको पर्यटन बर्षलाई सफल बनाउन हामी प्रत्येक नागरिकले आ आफ्नो ठाँउबाट सहयोग गरौं । नेपाल भ्रमणका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित यी दुई दर्जन स्थानहरुको सरकारले अन्र्तराष्ट्रिय रुपमा ब्यापक प्रचार प्रसार गर्नुपर्दछ । नेपाल सरकारले कम खर्चमै भारतका मुख्य मुख्य शहर र चिनका मुख्य शहरमा त्याहाको संघिय तथा प्रादेशिक र स्थानिय सरकारसंग समन्वय गरी मुख्यतः नेपाल प्रकृतीको अनुपम उपहार रहेको तथ्य उजगार गराउनुका साथै हिन्दुज्म र बुदिज्मको राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा प्रचार गरी बार्षिक १ करोड पर्यटकको आगमन बढाउन सक्छ । त्यो सम्भावना छ । म सक्छु, हामी सक्छौ भन्ने भावनाले अगाडी बढौ अवश्य सकिन्छ ।
म एकपटक शान्तीवार्ता पछी २०६४ सालमा भारतको आन्द्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दिर र त्यस क्षेत्रको अवलोकन भ्रमणमा गएको थिए । त्याहाँको नाङ्गो सुख्खा डाँडामा बर्षतको पानी जमाएर बनाएको तालबाट आउने धारामा शिर मुण्डन गरी माथामा त्यो पानीले नुहाउदा पुण्य पाईने धार्मिक आस्था र बिश्वासकै आधारमा दैनिक ५० औं हजार तिर्थालुहरुको आगमनले मलाई लोभ्यायो । मैले नेपालमा त् अझ सम्भावना देखे तर यहाँका राजनितीक दलका नेतृत्वको संकिर्ण सोंच, अस्थिर राजनिती आदी ईत्यादी
फेरी म जस्तो सामान्य मान्छेको कुरा कस्ले सुन्ने ? त्यस्तै म पत्रकारिता शुरु गरेपछी एकपटक काशी, देहरादुन, ओमशान्तीको कार्यक्रममा माउण्टआबु गएको थिए, त्याँहाको धामीक पर्यटनको सामु म नतमस्तक थिए । आफ्नो देशको अवस्थाले दिक्क भएर गरिएका भ्रमणहरुले मलाई धरै उर्जा दियो । ६३ साल अगाडी नै भारतका दर्जनौ शहर र धार्मीक स्थलहरुको भ्रमण गरिसकेको भएकोले मेरो मनमा एउटैमात्र प्रश्न खेल्थ्यो के नेपाललाई धार्मीक र परापर्यटकीय हबको रुपमा बिकास गर्न सकिन्न ? यसो गर्न सकेमा देशले काँचुली फेर्न सक्थ्यो ।
त्यसैले मौंका मिल्ने बित्तिकै म देशका पनि बिभिन्न धार्मीक स्थल तथा रमणीय स्थलहरुको भ्रमण गर्ने गर्छु । म आफै गएका सयौं पर्यटकीय स्थानहरु छन्, यी स्थानको ब्यापक प्रचार प्रसार गर्नु छ । म आफै गएको अधिकांस र केही जान नसकेका पर्यटकीय स्थलहरुलाई समेटेर पर्यटन बर्ष २०२०लाई सफल बनाउने सोंचका साथ अन्य केही साथीहरुको लेखलाई समेत अध्ययन गरी यो लेख तयार पाएिको हो । नेपालका यी पर्यटकीय स्थानहरुको भ्रमण गरौं पर्यटन बर्ष २०२०लाई सफल पारौं ।
तसर्थ, एकपटक नेपालका यी मुख्य मुख्य पर्यटकीय एवं धार्मीक क्षेत्रको दर्शन अवलोकन गरौं । मनोरम दृश्य सहितको शान्ती र आनन्दको अनुभुति गरौं । जो यसप्रकार छन् ।
सगरमाथा र नाम्चेबजार
विश्वको सर्वोच्च शिखर सगरमाथा सँगै सगरमाथा राष्ट्रिय निकुन्ज नेपाल घुम्न आउने पर्यटकहरुको मुख्य रोजाई भित्र पर्दछ । नेपालमा आउनुपुर्ब नै कतिपय बिदेशी पर्यटकहरु सगरमाथा चढनकै लागी भनेर आउने गर्दछन् ।
सगरमाथाको शिखरमा जान नसक्नेहरुले पनि हेलीकोफ्टर मार्फत वा ट्रेकिङ्गबाट आधार क्षेत्र नाम्चे बजार सम्म पुगेर फर्कन्छन् । नाम्चेबजार नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ । नाम्चे बजार सोलुखुम्बु जिल्लामा पर्छ ।
सगरमाथा सँगै पुर्बका मकालु बरुण राष्ट्रिय निकुन्ज, कञ्चनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षलगायतका क्षेत्रहरु प्राकृतीक रुपमा रहेका हाम्रा अमुल्य सम्पति हुन । यी क्षेत्रको संरक्षण संम्र्बधन गरेर पर्यटकीय क्षेत्रको रुपमा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय रुपमा थप प्रबद्धन गर्न सकिन्छ ।
इलामको कन्याम
पुबी नेपालमा अवस्थीत ईलाम जिल्ला नै प्राकृतीक एवं धार्मीक महत्वको छ । त्यस्मा पनि कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय स्थलको रुपमा बिकास भईसकेको छ । यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी सहितको कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता बिश्व चर्चीत हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । कन्याममा घोडा चढेर मनोरञ्जन पनि लिन सकिन्छ । यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ्ग, सुनसरी,उदयपुर लगायतका तराईका जिल्ला र छिमेकी देश भारतको पश्चिम बंगाल तथा बिहारबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउने गर्दछन् । यहाँसम्म पुग्न यातायातको सहजता छ ।
सुनसरीको भेडेटार
सुनसरीको भेडेटार बजार क्षेत्र पूर्वको रमणीय पर्यटकीय स्थलको रूपमा प्रख्यात छ । यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्दछ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा शितल पहाडी क्षेत्रमा अवस्थित भएकोले गर्मीको समयमा चिसो वातावरणमा रम्न र यहाँको प्राकृतीक सुन्दरता तथा मनोरम हिमश्रृखलाको दृष्य अवलोकन गर्न यो ठाँउमा मानिसहरु आउने गर्दछन । यहाँबाट सप्तकोशी बगेको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्स प्वाइन्ट बाट मनोरम दृष्य हेर्दा त् झनै आनन्द आउछ । वेलायती युवराज चाल्स नेपाल घुम्न आउदाँ बि.स. २०३८ सालमा शैलुङ्ग डाँडाको टुप्पोमा चढेको भएकाले यस डाँडालाई चाल्स प्वाइन्ट नामकरण गरिएको हो । यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पुर्बि नेपालको पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रुपमा बिकास भईरहेको छ । यस्को अलवा ताप्लेजुङको पाथीभरा, फुडफुडे झरना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङ्बोचे, ओखलढुङ्गाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र त्यस क्ष्ेत्रमा रहेका तालतलैयालाई उत्कृष्ट पर्यटकीय गन्तव्य हुन् जसलाई प्रचार प्रसार गरी पर्यटन प्रर्बधनमा लाग्नुपर्ने देखिन्छ ।
जनकपुर र तराई क्षेत्र
हिन्दुहरुको एतिहासिक धार्मीक स्थल हो जनकपुरमा रहेको जानकी मन्दिर । लौंहपुरुष श्री रामचन्द्र र सितासँग जोडिएको यो एतिहासीक धार्मीकस्थल जनक राजाको दरबार हो । धनुषा जिल्लमा पर्ने जनकपुरधाममा रहेको जानकी मन्दिर, मिथिला आर्ट हाउस, विवाह मण्डप, जनकपुर रेलवे र गंगा सागर पर्यटकीय रुपमा स्थापित धरोहरहरु हुन् ।
काठमाडौं उपत्यका
नेपालको संघिय राजधानी काठमाडौं बिश्वको घुम्न लायक क्षेत्रमा पर्दछ । नेपालको ऐतिहासिक शहर काठमाण्डौं उपत्यका युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र पनि हो । काठमाडौं भित्र ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला पर्दछन् । उपत्यकालाई नेपाल उपत्यका पनि भनिन्छ र यहाँ यी तिनै जिल्ला कलाकृतिको हिसाबले समृद्ध छन् । देशको आर्थिक, प्रशासनिक राजधानी भएकाले एकातर्फ व्यस्तता देखिन्छ भने अर्कोतर्फ यहाँका चोक चोकमा ऐतिहासिक कलाकृतिको सजिवता अनुभव गर्न पाइन्छ । पहाडि क्षेत्रमा पर्ने सहर भएकाले यहाँ न त धेरै चिसो न त धेरै गर्मी भएको उत्तम मौसम पाइन्छ । हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको पहिलो पाइला यही सहरमा पर्छ । काठमाण्डौ उपत्यकाको माथीपट्टी रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय हिसाबले महत्वपूर्ण नै छ ।
नगरकोट चिसापानी
नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यहाँबाट हिमालको दृष्य हेर्न आनन्द आउछँ । यो राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य समेत हेर्न सकिन्छ ।
यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । त्यस्तै, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक सुन्दर गाँउ बल्थली नेपालको मध्य क्षेत्रमा रहेको रमणीय पर्यटकीय स्थल हो । काठमाण्डौं उपत्यकाबाट ४० किमी टाढा रहेको यो गाँउ सास्कृतिक र प्राकृतिक रुपमा अत्यन्त धनी गाँउ हो ।

दोलखा
दोलखा जिल्लामा रहेको कालिन्चोक भगवती मन्दिर, दोलखा भिमसेन मन्दिर चरिकोट बजार, शैलुगं हिमाल, अप्पर तामाकोशी क्षेत्र, नेपालको स्विजरल्याण्डको रुपमा रहेको जिरी बजार लगाएत घुम्न लायक क्षेत्र हो यातयातको सुबिधा, होटलको सुबिधा, स्वच्छ तथा चिसो हावापानी, रमणिय स्थलको रुपमा रहेको यो क्षेत्र घुम्नु धेरै नै आनन्द हुन्छ । मनमोहक हिमश्रृखलालाई नजिकबाट नियाल्न पाईने यस क्षेत्र पर्यटकको मुख्य रोजाईमा पर्दै आएको छ ।

चित्लागं
यस्तै, नेपालको मध्यभागमा रहेको मकवानपुर जिल्लाको चित्लाङ गाँउ पनि घुम्नलायक पर्यटकीय क्षेत्र हो । राम्रा होमस्टे र प्रशस्त होटलहरु रहेको यो गाँउ सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने हरुको निम्ती उत्कृष्ट पर्यटकीय गन्तब्य हो ।

ईच्छाकामना चेपागंहिल
चितवन, मकवानपुर, गोर्खा र धादिगंका चेपागं बाहुल्य क्षेत्र चेपागंहिलको रुपमा परिचित छ । मुख्यतः चितवनको ईच्छाकामना गाँउपालिका चेपागंहिलको रुपमा बिकास भईरहेको छ । छोट्टो दुरीमा फरक किसिमको हावापानी पाईने यो ठाँउमा ईच्छाकामना मन्दिर, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी सिराईचुली लगाएतका महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेका छन् । पृथ्वीनारायण शाहका नाति शत्रु भञ्जन शाहले तत्कालीन समयमा उपरदाङगढी अन्तर्गतका पाँच प्रगन्नाबाट उठेको एक वर्षको कर रकम र स्थानीयको जन श्रमदानबाट पूरै एकवर्ष लगाएर उपरदाङगढीको पुनः निर्माण गराएका थिए । कुल ६३९ वर्ग मिटर क्षेत्रफल ओगटेको यो क्षेत्रमा राजदरबार, मालअड्डा अदालत, प्रहरी एवम् सैनिक आवास क्षेत्रको भग्नावशेष छ । तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ । भीमसेन थापाले उपरदाङगढीलाई राहदानी समेत दिन सक्ने प्रमुख अड्डाको रुपमा विकसित गरेका थिए । उपरदाङगढीको परिसर भित्र तत्कालीन समयमा बालकुमारी र बज्रयोगिनी मन्दिर पनि निर्माण गरिएका थिए । यो एतिहासिक गढीको कारण यो क्षेत्र पर्यटकहरुको राजाईमा पर्दै आएको छ । त्यस्तै चितवनको सबैभन्दा अग्लो स्थान सिराईचुली पनि आन्तरिक पर्यटकको गन्तब्यको रुपमा बिकास भईरहेको छ । सहज यातायातको सुबिधा तथा यो क्षेत्रमा खुलेका होमस्टेहरुको कारण यहाँ आउने पर्यटकलाई खाना बस्नको राम्रो ब्यबस्था छ । यहाँबाट हिमालहरुको दृष्य अवलोकन गर्दा मनमोहक दृष्यहरु देख्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र सौंराहा
बिश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्ज प्राकृतीक सौंन्दर्यले भरिपूर्ण छ । बिश्वमा नेपालको शान र चिनारीको रुपमा रहेको यो निकुञ्जले नेपालको पर्यटन बिकासमा अहम भुमिका खेलेको छ । चितवन राष्ट्रिय निकुञ्जमा बिश्वको दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, हरिण, मृग, चित्तल, घोरल, लोपउन्मुख मगर गोही, घडियाल गोही, राष्ट्रिय पन्छी मयुर, निलगाई, भालु, बँदेल, अजिगंर, हात्ती लगाएतका हजारौं जिबजन्तुको बासस्थान रहेको छ । निकुञ्जलाई आधार बनाई यसको पेरीफेरीमा रहेका सौंराहा, पटिहानी, जगतपुर, मेघौंली, ज्ञानेश्वर, नगरबन, नवलपुरको अर्घयौंली लगाएतका क्षेत्रमा धेरै स्तरिय तथा सुबिधासम्पन्न होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू खुलेका छन् । यहाँ बर्सेनी हजारौं बिदेशीहरु तथा लाखौं स्वदेशीहरु घुम्न आउने गर्छन् । घुम्न आएकाहरुले हात्ती तथा जिप सफारी गरी गैडा लगाएतका बन्यजन्तुहरुलाई नजिकबाट नियाली आफ्नो क्यामारामा अबिस्मरणीय दृश्यहरु कैद गर्ने गर्छन् । निकुञ्जमा मात्र होईन यहाँका सामुदायीक बनमा समेत हात्ती तथा जीप सफारी गर्न पाईन्छ ।

नारायणी नदी र देवघाट
नेपालकै सबैभन्दा गहिरो नदीको पहिचान स्थापित गरेको नारायणी नदी र यसको आसपासका क्षेत्रहरु पर्यटकीय सम्भावनाले भरिपूर्ण छन् । नारायणी नदीको समिपमा रहेको नारायणगढ, नारायणी नदीलाई आधार बनाई निर्माण गरिएका चितवन तथा नवलपुरका अन्य स्थानका पार्क, होटल तथा रिर्सोटहरु, हिन्दुहरुको पबित्र तिर्थस्थल देवघाट क्षेत्र धार्मीक तथा पर्यटकीय आगमनको मुख्य केन्द्रबिन्दु बन्दै गईरहेको छ । देशकै मध्य भाग, यातायातको सहजता, ठुलो बजार क्षेत्र, प्रशस्त खुलेका लज तथा होटलहरुको कारण यो क्षेत्र नेपालका आन्तरिक पर्यटकको मुख्य गन्तब्य बनिरहेको छ ।

बन्दिपुर
तनहुँ जिल्लामा अवस्थित बन्दिपुर एक गाउँपालिका हो । बन्दीपुर नेवारी कला र संस्कृतिको लागी पनि प्रसिद् छ । बन्दीपुर नेपालको गण्डकी प्रदेशकै एक पर्यटकीय गन्तब्य हो । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । पोखरामा रहेका कम्पनीले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा फ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडर तल फाल हाल्ने गर्छन् । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो ।
मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्याहाबाट थप आदा घण्टामा बन्दिपुर बजार पुगीन्छ ।

घले गाँउ
लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने एउटा वस्ती हो घले गाउँ । यो गाउँ समुन्द्री सतहदेखि २१०० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घले गाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । लमजुङको यस घलेगाउँ नमुना पर्यटकीय गन्तव्य को रुपमा स्थापित भईसकेको छ । गुरुङ समूदायको अत्याधिक बसोबास रहेको यो गाउँ गुरुङ सस्ँकृति अध्ययन र अवलोकन गर्नको लागि पनि उत्कृष्ट गन्तब्य हो । बर्षेनी यहाँ हजारौं आन्तरिक पर्यटकले भरिभराउ हुने यो गाँउको ख्याती दिनप्रतिदिन बढीरहेको छ ।

तालैतालको शहर पोखरा
तालैतालको शहर पोखरा नेपालको घुम्नुपर्ने स्थानमध्ये अग्रस्थानमा पर्दछ । गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित पोखरा नेपालको अत्यन्तै रमणीय एवं स्वच्छ र सुन्दर शहरकोे रूपमा परिचित छ । पोखरामा फेवा ताल, बेगनासताल, रुपाताल लगाएतका सातवटा ताल छन् । त्यसैले यसलाई तालैतालको शहर पनि भन्ने गरिन्छ । पोखरामा बिन्वासीनी मन्दिर, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट लगाएतका दर्जनौं पर्यटकीय मनोरम लिने स्थानहरु छन् । त्यसैले पोखरालाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल प्रमुख सहरको रुपमा लिईन्छ । नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलमध्ये एक भएकाले यहाँ देश विदेशबाट हजारौं पर्यटक भ्रमण गर्न आउने गर्दछन् । पोखरा कास्की जिल्लाको जिल्ला सदरमुकाम पनि

लान्ध्रुक–घान्द्रुक
घान्द्रुक अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेसी पर्यटकहरुमा एक चिरपरिचित गन्तब्य हो । घान्द्रुक कास्की जिल्लामा अवस्थित रमणिय एवं शित्तल गाउँ हो । घान्द्रूकसम्म जान नचाहने र थोरै समयमा पोखरा वरपरका सहरी व्यस्तताबाट टाढा हुन चाहनेको लागि यो उत्कृष्ट गन्तव्य रहदै आएको छ ।

जोमसोम
२,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित जोमसोम नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक प्रमुख गाउँ हो । जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा बिकास भईरहेको छ । जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ । यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य अवलोकन गर्न सकिन्छ । साथै हिन्दुहरुको पबित्र तिर्थस्थल कागबेनी र मुक्तिनाथ दर्शनको कारणले गर्दा पनि जोमसोमको महत्व बढिरहेको छ । मार्फाको स्याउ र जोमसोममा दिनको बाह्र बजे चल्ने शिरशिरे हावाको कारण पनि यो ठाँउ पर्यटकहरुको रोजाईमा परिरहेको छ । यहाँ बस्नको लागी प्रशस्त होटलहरु खुलेका छन् । हवाई तथा यातयातको मार्गबाट यो ठाँउमा पुग्न सकिन्छ ।

पबित्र भुमि लुम्बिनी
बौद्धमार्गीहरुको पबित्र भुमि लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी उपवनलाई उल्लेख गरिएको छ । इ.पू. २४९ मा भारतका चर्चित मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । पुरातात्विक अन्वेषणका क्रममा सन् १८९६ मा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटिएपछी अभिलेखमा उल्लेख भएअनुसार यो ठाँउको नाम लुंमिनि राखिएको ईतिहास पाइन्छ । यस अभिलेखको प्राप्त भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । झण्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई ‘द लाइट अफ एसिया’ बाट समेत चिनिन्छ । लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरु समेत रहेका छन । लुम्बिनी बौद्ध धर्मालम्बीहरु मात्रै होइन, हिन्दूहरुले समेत आस्थाको केन्द्रको रुपमा सम्मान गर्ने पवित्र भूमि हो । लुम्बिीनीको मायादेवी मन्दिर र अशोक स्तम्ब पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । लुम्बिनी बौद्ध धर्मालम्बीहरूको एक महत्वपूर्ण र विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित छ । लुम्बिनी युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ । यो ठाउँ नेपालको रूपन्देही जिल्लामा पर्छ ।

पाल्पा–रानीमहल
आफ्नी प्रिय रानीको सम्झनामा तत्कालिन राजाले निर्माण गरेको रानीमहल नेपालको ताजमहलको रुपमा स्थापित स्थल मानिन्छ । यो कालीगण्डकी नदीमा विशाल चट्टानमाथि निर्माण गरिएको छ । लोभलाग्दा पाखापखेरा तथा छहराहरुको बीचमा रहेको पाल्पाको रानीमहल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका हुन् । यो महल ग्रिसेली वास्तुशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो वि.सं. १९५० सालमा शिलान्यास भइ चार वर्ष लगाएर यसको निर्माण सम्पन्न भएको हो । यो पाल्पाको बौघागुम्बा गाउँ अवस्थित छ । एतिहासिक धरोहर अवलोकन र पहाडी तथा हिमाली दृष्यहरु अवलोकनको लागी यो ठाँउ महत्वपूर्ण पर्यटकीय गन्तब्य मानिन्छ ।

स्वर्गद्वारी
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट २६ किलोमिटर पश्चिममा पर्दछ । धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरु मध्ये एक मानिन्छ । समुद्री सतहबाट ७ हजार फिट उचाईंमा रहेको यसको क्षेत्रफल २६ सय रोपनी रहेको छ ।
पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले यो स्थानको नाम स्वर्गद्वारी रहेको आम जनविश्वास छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्नि खण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

रारा ताल र राष्ट्रिय निकुज्ज
नेपालकै प्रमुख पर्यटकीय स्थल मध्य राराताल एक हो । मुगु जिल्लामा रहेको रारा ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाई ३ दमशलव २ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जमा पर्ने रारा ताल पुग्नका लागि सुर्खेतबाट सडक र हवाइ तथा नेपालगञ्जबाट हवाइ यात्रा पनि गर्न सकिन्छ । विश्वमा कतै नपाईने उच्च स्थानको असाला माछा रारा तालमा रहेको छ ।
त्यस्तै तालसँगै १०६ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज इ.सं. १९७६ मा स्थापना गरिएको यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका माछाहरू संसारको अन्य कतै पाईंदैन । यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन् ।

वर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरद्वारा
बर्दिया राष्ट्रिय निकुञ्ज प्रदेश ६ र सातमा अवस्थित छ । बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ क्षेत्रमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्ण रूपमा समथर भुभागमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण हो । यहाँ गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू पनि संरक्षित गरिएका छन । जंगली जनावरको अवलोकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका लागि बर्दियाको ठाकुरद्वारा प्रमुख स्थल हो । विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि घुमफिर गर्न ठाकुरद्वारा आकर्षक गन्तव्य हो ।

बिरेन्द्रनगर काँक्रेबिहार
दोस्रो लुम्बिनीका रुपमा परिचित ऐतिहासिक पर्यटकीय स्थल काँक्रेविहार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्दछ । वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट करिब साढे तीन किलोमिटर दक्षिणतर्फ गएपछि काँक्रेविहार पुग्न सकिन्छ । धार्मिक किम्वदन्ती अनुसार काँक्रेविहारमा पाँच पाण्डवहरुले बसोबास गरेको मानिन्छ ।
काँक्रेविहारलाई हिन्दू, बौद्ध धर्मावलम्बीको सामुहिक केन्द्रको रुपमा लिने गरिन्छ । पुरातत्व विभागले १४ वर्षअघि २०५७ सालमा उत्खनन् गरी भग्नावशेषका मूर्तिहरु निकालेर पुनर्निर्माणको काम सकाएको छ । त्यस्तै, वीरेन्द्रनगरमै रत्न राजमार्गको छेउमै बुलबुले तालको मुख्य गेट छ । जमिनबाट पानी बुलबुल गर्दै आउने भएर यसकोे नाम बुुलबुले ताल राखिएको हो ।

दैलेखको ज्वाला
दैलेख जिल्ला धार्मिक रुपले धनी जिल्ला हो । दैलेखको सदरमुकाम पश्चिमतर्फ भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका सीमानामा श्रीस्थान र दुल्लु र भैरवीको नाभिस्थान पर्दछ । पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटक स्थलको रुपमा चिनिन्छ ।
सुर्खेतको वीरेन्द्रनगरबाट बसको यात्रामा करिब ३ घण्टामा सदरमुकाम पुगिन्छ । र त्यहाँको करिब ४५ मिनेटको गाडीको यात्रापछि नाभिस्थान र श्रीस्थान पुगिन्छ । अहिले त्यहाँ सरकारले ग्यास निकाल्नको लागि उत्खनन्को काम अघि बढाएको छ ।

शे फोक्सुण्डो ताल
कर्णाली प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो शे फोक्सुण्डो ताल । डोल्पा जिल्लामा रहेको यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र नै छ । शे फोक्सुण्डो ताल समुद्री सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको छ । यो नेपालको सबैभन्दा गहिरो तालका रुपमा समेत प्रसिद्ध छ ।
शे फोक्सुण्डो तालको लम्बाइ ४.८ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराइ ६ सय ५० मिटर छ । नेपालगञ्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घण्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ । दुनैबाट पैदलयात्रा मार्फत शे फोक्सुण्डो पुग्न सकिन्छ । ताल वरपर गुम्बा र बस्ती रहेका छन् ।

सिँजा उपत्यका
सुदुरपश्मिको एतिहासिक स्थल हो सिँजा उपत्यका । घुम्नलायक क्षेत्र मध्य जुम्ला जिल्ला अन्र्तगत पर्ने सिँजा उपत्यका प्रमुख स्थान हो । ऐतिहासिक सिँजा उपत्यका नेपाली भाषाको उद्गमस्थलका साथै तत्कालीन राजा नागराजले स्थापना गरेको विशाल सिँजा साम्राज्यको राजधानी पनि हो । सिँजामा प्रायः इतिहासकारहरु, अनुसन्धानकर्ताहरु, विद्धानहरु र प्रशासकहरुदेखि दलका नेताहरु समेत बिभिन्न हिसाबले आउने गर्छन् । नेपालका धेरैजसो जातिहरुको मूलथलो भएकाले आफ्नो जन्मभूमि खोज्दै सिँजामा आउने मानिसहरुको सँख्या पनि दिन प्रतिदिन बढीरहेको छ । सिँजा कर्णालीको राजधानी वीरेन्द्रनगरबाट स्थलमार्गबाट एक दिनमा सजिलै पुगिन्छ । सुर्खेत विमानस्थलबाट र नेपालगञ्त्र विमानस्थलबाट पनि जान सकिने सिंजा नेपालीहरुको एक पर्यटकीय गन्तब्यको रुपमा बिकास भईसकेको छ ।

अत्ः यसका अलवा देशमा अरु थुप्रैं पर्यटकीय स्थानहरु छन्, जसलाई संरक्षण र पुर्बाधार निर्माणका साथै बिकास गर्दै राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न सके नेपाललाई पर्यटकको हब बनाउन सकिन्छ । नेपालमा सयौं मात्र होईन हजारौं पर्यटकीय गन्तब्यहरु छन् । यदी साँच्चै देशमा राजनितिक नेतृत्वले देश बनाउने ईच्छाशक्ति लियो र सरकारले गरेको राम्रो काममा कुनै पुर्बाग्रह नराखी होस्थेमा हैंसे गर्दै सबै राजनितीक दल, कर्मचारीतन्त्र, निजी क्षेत्र, पत्रकार लगाएतका आम जनमानसबाट सहयोग पुग्ने हो भने हामी नेपाली बिदेशको गल्लीमा भौंतारिन नै पर्दैन् । त्यस्को लागी राजनितीक नेतृत्व र सरकारले ईमान्दारितापुर्बक काम गर्नुपर्दछ । अवश्य हामी पर्यटनको माध्यमबाटै समृद्ध हुनसक्छौ । अस्तु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०