यस्ता छन् जाडोमा मूला खानुका फाइदाहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७९, शुक्रबार ०३:१६

मूला जमिनभित्र फल्ने हुने तरकारी हो। वस्तुतः यो एक रूपान्तिरत प्रधान जरा हो जुन बीचमा मोटो र टाउकोहरू तिर क्रमशः पातलो हुन्छ। मूला पुरा विश्वमा उमारिन्छ र खाइन्छ। मूलाका अनेक प्रजातिहरू छन् जुन आकार, रंग एवं पैदा हुन लाग्ने समयको आधारमा फरक-फरक हुन्छन्। केही प्रजातिहरू तेल उत्पादनको लागि पनि उमारिन्छ ।

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन् । खासै महत्व नभएको वा बेतुकको मानिसलाई ‘मूला’ भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ । तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ ।

जाडो मौसममा, खाने र पिउनको लागि धेरै खाध्य वूस्तुहरू उपलब्ध हुन्छ । जस्ले गर्दा शरीर सजिलै स्वस्थ राख्न सकिन्छ। जाडोमा धेरै खाइने चीजहरूमा मूला पनि पर्छ। धेरै व्यक्तिहरूले स्वादका कारण यसलाई मन पराउँछन् भने कतिले यसको फाइदाहरूका कारण आफ्नो भोजनमा सामेल गर्छन्। आउनुहोस् हामी पनि मूला किन जाडोमा दिनहुँ खानुपर्दछ र कुन रोगलाई यसले शरीरबाट टाढा राख्न मद्दत गर्छ भन्ने तथ्यका बारेमा जानौँ। विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन्-

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ – मूलामा भिटामिन सी उच्च मात्रामा हुन्छ । जसले हिउँदमा रुघा–खोकिबाट बचाउँछ। मूलाले शरीरको प्रतिरक्षा प्रणाली बढाउनुका साथै पाचनप्रणालीमा पनि मद्दत गर्छ । यो शरीरको दुखाई र बुढ्यौली रोक्नमा पनि प्रभावकारी हुन्छ ।

रक्तचाप नियन्त्रण – मूलामा भएको पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। विशेष गरी यदि तपाइँलाई उच्च रक्तचापको समस्या छ भने खानामा मूला समावेश गर्नुहोस्। आयुर्वेदका अनुसार मूलाले रगतमा चिसो प्रभाव पार्छ।

मुटुलाई रोगबाट जोगाउँछ – मूला एन्थोसायनिनको राम्रो स्रोत मानिन्छ हो । जसले हाम्रो मुटुलाई ठीकसँग काम गर्न मद्दत गर्दछ। मूला दिनहुँ खाँदा मुटु रोगहरूको जोखिम कम हुन्छ। फोलिक एसिड र फ्लाभोनोइडहरू पनि मूलामा राम्रो मात्रामा पाइन्छन्। मूलीले रगतमा अक्सिजनको आपूर्ति बढाउँछ।

फाइबर को राम्रो मात्रा– मूलामा फाइबर राम्रो मात्रा पाइन्छ। जस्ले प्रत्येक दिन सलादको रूपमा मूला खान्छन्, उनीहरूको शरीरमा फाइबरको अभाव कहिल्यै हुँदैन। फाइबरको कारण, पाचन प्रणाली सही ढंगले काम गर्दछ। यस बाहेक, मूलाले कलेजो र गाल मूत्राशयलाई पनि सुरक्षा दिन्छ।

रक्त नलीहरूलाई सुदृढ पार्छ– मूलामा राम्रो मात्रामा कोलेजेन हुन्छ । जसले हाम्रो रक्त वाहिनाहरूलाई बलियो बनाउँदछ। यसको कारणले, एथेरोस्क्लेरोसिस जस्ता गम्भीर रोग हुने सम्भावना कम हुन्छ।

मेटाबॉलिज्म बढाउँछ – मूलाले पाचन प्रणालीको लागि मात्र नभई एसिडिटी, मोटोपन, ग्यास्ट्रिक समस्या र वाकवाकी जस्ता समस्याहरूको उपचार गर्न पनि सहयोगी हुन्छ।

छालाका लागि राम्रो – यदि तपाईं चमकिलो छाला चाहनुहुन्छ भने, प्रत्येक दिन मूलाको रस पिउनुहोस्। यसमा भिटामिन सी र फास्फोरस हुन्छ। यस बाहेक, यसले सुक्खा छाला र डन्डीफोरलाई पनि राहत दिन्छ। यसलाई कपालमा लगाएर ड्यान्ड्रफको समस्या समाप्त हुन्छ र कपाल जराबाट बलियो बनाउछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१