जाडोमा सेक्स गर्दा हुन्छ यस्ता सात फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७९, शुक्रबार ०३:०२

एजेन्सी । मौसम परिवर्तन हुँदा मानिसको सोंच पनि परिवर्तन हुन्छ । वैवाहिक जीवनमा पनि यो कुरा लागू नहुने कुरै आउँदैन । अझ वैवाहिक जीवनमा मौसमसँगै रोमाञ्चकता झन बढी हुने गर्दछ ।

विभिन्न अध्ययनहरुका अनुसार, जाडो मौससमा अन्य मौसमको तुलनामा सेक्सको इच्छा झन् बढी हुने गर्दछ । जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्ने हुन्छ ।

१. सेक्सका क्रममा कपडाको ध्यान दिनुपर्छ । निकै कम कपडा या बिना कपडा सेक्स गर्दा शरीरलाई बेफाइदा हुनसक्छ । त्यसैले आफ्नो मुडका साथै कोठाको तातोपनलाई पनि ख्याल राख्नु पर्छ ।

२. जाडो लागेपछि कतिपय मानिसहरु नुहाउन निकै कम गर्ने गर्छन् । तर, यो कार्य स्वास्थ्यका लागि फाइदाजनक होइन । स्वास्थ्यका लागि हरेक दिन स्नान गर्नुपर्छ । यसले सेक्समा थप रोमाञ्चकता प्रदान गर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।

३. प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसमभन्दा दुईगुणा बढी पिउने गर्छन् । मानिसहरुले जाडोमा रक्सीको सेवनले जाडोलाई सहजै टाल्न सकिन्छ भन्ने सोच राख्छन् । यो सोच र तरिका गलत हो । यस्ता चीज छाडेर आफ्नो पार्टनरसँग रमाइला कुरा गर्ने र एकअर्कालाई तातो बनाउने कार्य गर्नुपर्छ । रक्सीको कमीलाई चुम्बन र अंगालोले पुरा गर्ने कोशिस गर्नु फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।

४. रातीको खाना ९ बजेभन्दा अगाडि नै खानुपर्छ । धेरै भोजनले आलस्य बनाउन सक्छ, जसले गर्दा सेक्स गर्ने इच्छामा कमी आउन सक्छ र सेक्सको मजा लिनबाट बञ्चित हुनुपर्ने हुनसक्छ । भोजनमा हरियो सागपात, टमाटर, मुला, गाँजर आदि खाने गर्नुपर्छ । च्यवनप्राशजस्ता चीजको प्रयोगले पनि फाइदा पुर्याउँछ ।

५. जाडोका कारण मानिसहरु अरु मौसममा भन्दा कम शारीरिक परिश्रम गर्ने गर्छन् । जाडोमा मानिसहरू मर्निङ वाक र व्यायामलाई पनि सकेसम्म पर सार्ने काम गर्छन् । यस्तो बानी राम्रो होइन । जाडोमा स्वास्थ्य र स्वस्थ वैवाहिक जीवनका लागि व्यायाम गर्नु फाइदाजनक हुन्छ । यसले सेक्सको इच्छालाई थप बढाउँछ ।

६. दिनभर अफिसको कामको थकानका कारण तपार्इ सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस्, जसले गर्दा तपार्इको थकान कम हुनजान्छ र सेक्सको लागि तयार हुनसक्छ ।

७. यौन जीवन सुखद बनाउन बिछ्यौनाको पनि महत्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपार्इलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपार्इको जोसमा कमी ल्याउनसक्छ । यसबाट बच्न उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१