माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा बिशेष छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७९, बिहीबार १२:२५

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिँदा १०% देखि २०% सम्म छुट प्राप्त गर्नेछन् भने काठमाण्डौँको बसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५% देखि १०% सम्म छुट प्राप्त गर्नेछन्।

सम्झौता अन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५% देखि बढिमा १०% सम्म छुट प्राप्त गर्नेछन्।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। माछापुच्छ्रे बैंक लिमिटेडले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०