गोकर्णेश्वर नगरपालिकामा बिध्यालय स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

suman100@gmail.com' suman basnet
२६ माघ २०७९, बिहीबार १०:५३

गोकर्णेश्वर नगरपालिकामा बिध्यालय स्वास्थ्य  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको उक्त कार्यक्रम को प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए भने बिशेष अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल वडा नं ४ का वडा अध्यक्ष जयराम महत वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी,  इसान अध्यक्ष मदनराज रेग्मी, निसान अध्यक्ष सौर्यनाथ आचार्य, नेपाल शिक्षक संघठन गोकर्णेश्वर अध्यक्ष अनन्त अर्याल,  नगर शिक्षा समिति कृष्ण प्रसाद नेपाल स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायत  बिभिन्न संस्थागत तथा सामुदायिक बिद्यालयका  प्रधानाध्यापक शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम संचालन अधिकृत टेकेन्द्र ढकालले गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका   शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख  उपसचिव दण्डपाणी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नाका लागी विद्यालयभित्र, सम्पूर्ण कार्यक्रमहरुलाई विद्यालय स्वास्थ्य कार्यक्रम  भनिने जानकारी गराए   ।  उनले विद्यालयमा फरक फरक  समुदायका बालबालिकाहरू एकत्रित भएका हुन्छन् र तिनीहरू मध्ये हरेक बालक व्यक्तिगत रूपमा विविध दृष्टिकोणले फरक हुने  तिनीहरूका समस्याहरू पनि फरक फरक हुने बताए  । तसर्थ शैक्षिक उद्देश्य प्राप्त गर्ने क्रममा उनीहरूमा भएका विविध स्वास्थ्य समस्याका कारणले कुनै बाधा अड्चन आउनु हुँदैन । सो समस्या नहोस् र भविष्यमा समेत आउन सक्ने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न विद्यालयले सञ्चालन गर्ने स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत महत्वपूर्ण क्षेत्रको रूपमा विद्यालय स्वास्थ्य सेवालाई लिन सकिने बताए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१