बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११  मा ५  दिने उद्घोषण तालिम सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७९, बिहीबार ०६:४०

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११  मा ५  दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । वडा नं. ११ ले महिला समुहका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरेको ५ दिने उद्घोषणकला तालिमको उद्घाटन वडा कार्यालयको हलमा  भएको हो ।

तालिमको उद्घाटन गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११  वडा अध्यक्ष राजु अधिकारीले यस तालिम लिईसकेपछि महिलाहरुको नेतृत्व विकास भई हरेक क्षेत्रमा अगाडि वढ्न सहयोग पुग्ने  वताउनुभयो ।

उद्घाटन सत्रको सभाध्यक्षता कार्यक्रमकी संयोजक एवम् वडा सदस्य शर्मिला गौतमले गर्नुभएको थियो । उद्घाटन समारोहमा वडाका जनप्रतिनीधिहरु सम्बर  गुरुङ, गंगा परियार र वडा सचिव नगेन्द्र ब तामाङज्युको उपस्थिति रहेको थियो । प्रशिक्षणको सहजिकरण ड्रिमप्वाइन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्युटका प्रमुख प्रशिक्षक शंकर प्रधान सौर्यले गर्नुभएको थियो । तालिम कार्यक्रममा विभिन्न महिला समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने ५ दिनसम्म निरन्तर तालिम सन्चालन हुने वडा सदस्य शर्मिला गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१