गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजनामा अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७९, बिहीबार ०५:४८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा  आयोजित  अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम  सम्पन्न भएको छ ।

वडा नं ६ स्थित खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि नवराज लामा,बिशेष अतिथि ब्यबस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडी ब्यबस्थापन समितिका सदस्य शिक्षक र अभिभावकको उपस्थितिमा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले बाल बिकास कक्षामा समुदाय भिन्न भिन्न मुल्य मान्यता ,सामाजिक संस्कारमा हुर्केका बालबालिकाहरु बाल विकास कक्षामा आउने र उनीहरुको मनोभावना नबुझी एकै प्रकारको व्यवहार गर्दा मनोबैज्ञानिक चोट,आघात समेत पर्न जान सक्ने भएकोले बाल विकास कक्षामा बाल मनोविज्ञान बुझेर आएका सवालहरुलाई सहजिकरण गर्दै दैनिकी क्रियाकलाप गर्नु जरुरी हुने भएकोले बाल बिकास सहजकर्ताहरुमा बालमनोभावना बुझि सहजिकरण गर्न सहयोग पुर्‍याउने उदेश्यका साथ मनोपरामर्श सम्बन्धि तालिम संचालन गरिएको बताउनुभयो ।

बालबालिकामा देखिने मनोसामाजिक समस्या , कारण लक्ष्यण र प्रभाव, मनोपरामर्श , प्रकार, अन्तरवैयत्तिक सम्बन्ध , संचार सीप, बाल व्यवहार परिवर्तनमा अभिभावक र बालविकास सहजकर्ताको भुमिका लगायतका बिषयमा बोल्दै बस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडीले बोल्नुभएको थियो ।

बालबालिका जग भनेको बालबिकास भएको र बालबालिकालाई गरेको लगानीले दिर्घकाल सम्म प्रभाव राख्ने भएकोले पनि शैक्षिक बिकास क्रियासिल सामाजिक संस्थाहरुसँग समेत समन्वय र सहकार्य गर्दै सबै सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम गर्नुपर्ने पत्रकार मुकुन्द ढुंगानाले  बताउनु भएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा ६ को अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि कार्यक्रमा खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको केहि झलकहरु :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१