एक्टिभ ईन्टरटेनमेन्टको बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र प्राबिधिक तथा कलाकार सम्मान – २०७९ सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
२३ माघ २०७९, सोमबार २०:५२

काठमाडौं । एक्टिभ ईन्टरटेनमेन्टको चार बर्ष पुगि पाँचौ बर्ष मा प्रबेस गरेको उपलक्ष्यमा कम्पनिको बार्षिक उत्सव पारी कला साहित्य गित सङ्गीत साथै प्राबिधिक को क्षेत्रमा योगदान पुर्याएका प्राबिधिक तथा कलाकार साथै पत्रकार समाज सेबि सम्मान एबम साङ्गितिक कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
कार्यक्रम कम्पनिका निर्देशक विजेन्द्र नौवागेको सभापतित्व तथा संघिय संसदको उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
एक्टिभ ईन्टरटेनमेन्टले यो भन्दा अगाडी पनि २०७४ सालमा स्थापना भए लगत्तै विभिन्न विद्यालयहरुमा छात्रवृत्ति पोसाकहरु वितरण साथै नेपाली गित संगीत बजार व्यवस्थापन,  प्रज्ञा प्रतिष्ठान कमलादीमा “म हुँ सुन्दर नेपाल” राष्ट्रिय गिती एल्बम विमोचन, अनाथ, असाय, अपाङ्गता सहयोगार्थ साथै राष्ट्रिय कलाकार सम्मान,  “मेरो प्यारो गाउँ” गिती एल्बम् लोकापर्ण साथै कलाकार सम्मान, राष्ट्रिय कलाकार सम्मान साथै स्नेह मानव सेवा अभियान सहयोगी दाता सम्मान साथमा विभिन्न सांगितिक कार्यक्रम,  राष्ट्रिय पेशागत कलाकार तथा श्रजक साथै समाजसेवी संचारकर्मी सम्मान अनि विभिन्न सांगितिक कार्यक्रम ,  पहिलो एक्टिभ डान्स स्टार कम्पिटिसन फाईनल कार्यक्रम, पहिलो “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” उत्कृष्ट पाँच मनोनित सर्टिफिकेट वितरण कार्यक्रम, पहिलो राष्ट्रिय “एक्टिभ ईन्टरटेन्टमेन्ट म्यूजीक अवार्ड” कार्यक्रम,२०७७ साल देखी कलाकार, पत्रकार बिच म्यूजीकल भलिबल प्रतियोगिता सुरुवात लगायतका कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा ,वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला ,कलाकार तथा निर्देशक सुभास प्रसाद गजुरेल,चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा ,गायक तथा कलाकार पि.एन. सापकोटा ,चलचित्र निर्देशक अमर वली ,वेलकम इन्टरनेशनल प्रा.लि. का देवेन्द्र शारु मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार उत्तम के.सी., वरिष्ठ कलाकार शिव शंखर प्रसाद रिजाल (जोगिन्दर पान वाला),वरिष्ठ म्यूजीक भिडियो निर्देशक शिव वि.क. लोकप्रिय गायिका जुनु रिजाल, चलचित्र नायक शितल के.सी,लोकप्रिय गायक रूपक डोटेल ,निर्देशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल ,लोक तथा दोहोरी गायक जीवन परियार, रेकर्डिष्ट तथा ध्वनी मिश्रण डिका गुरुङ, ध्वनी मिश्रण मनोज परियार , कलाकार खेम नेपाली , कलाकार कमल खड्का , मोडल रमेस विष्ठ , पत्रकार मोहन कार्की, संचारकर्मी डिवी पराजुली ,वरिष्ठ समाज सेवी ,धन बहादुर नेपाली , यूवा समाजसेवी देव क्षेत्री , वरिष्ठ समाजसेवी राजु कार्की , कार्यक्रम सञ्चालक राजेश बर्देवा,रमेश बाबु थापा,मोडल उत्साह घिमिरे लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गायीका जुनु रिजाल र गायक रुपक डोटेलले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए भने कर्ण प्रिय स्वरकी धनि गिता राणाले समेत गीत गाएर हललाई संगीतमय बनाउनु भएको थियो ।
कार्यक्रममा के एम बि डान्स एकेडेमी रानिवनका भाई बहिनिहरुको नृत्यले सबै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
शान्ति नेपाल मिडिया , सारा खवर, तथा जन आकाश साप्ताहिकले यो कार्यक्रममा मिडिया पार्टनरको भुमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा बोल्दै उप सभामुख रानामगरले यस्ता कार्यक्रमहरुले नयाँ स्रष्टाहरुलाई आफ्नो क्षेत्रमा कर्तव्यनिष्ठ भएर लाग्न प्रेरणा मिल्ने भएकोले आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१