काठमाडौं महानगरमा ५ विभागीय प्रमुख हेरफेर

suman100@gmail.com' suman basnet
२३ माघ २०७९, सोमबार १५:३१

काठमाडौं महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरुको हेरफेर भएको छ । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीकाअनुसार राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी खरिद इकाइमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् ।

यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका छन् । यस्तै प्रशासन विभागका निर्देशक नवराज थापा विपद्‍मा सरुवा भएका छन् ।

नवौं तहको कर्मचारीहरुको २ वर्ष भन्दा धेरै समयसम्म एकै स्थानमा बसिसकेकोले विभागीय प्रमुखहरुको सरुवा गरिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१