काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने भएको छ।
रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तर समर्थन हाललाई कायम गर्ने सर्वसम्मत निर्णय भएको सभापति रबि लामिछानेले बताएका छन्।
प्रतिक्रिया