ग्रील तथा स्टील व्यवसायी संघ काठामाडौं पश्चिम क्षेत्र र इकाईहरुको नवौं साधारणसभा तथा तेश्रो अधिवेशन महासंघ का अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्यमा सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
२१ माघ २०७९, शनिबार २१:०४

काठमाडौं । ग्रील तथा स्टील ब्यबसायीहरुको हक हित र उत्थानको लागि लामो समय देखि निरन्तर कार्य गरिरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र र सो अन्तरगतका बालाजु ,चमती,खुसीबूँ इकाई, सामाखुसी, गोङ्गबु इकाई , सानो भर्याङ ,ठुलो भर्याङ इकाई ,सितापाईला इकाई को संयुक्त नवौं साधारणसभा तथा तेस्रो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ ।
पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको शभापतित्व र ग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ , उपाध्यक्ष केदार अधिकारी , महासचिव बिवेकदास श्रेष्ठ काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ ,काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ ,पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु ,पश्चिम क्षेत्रका इकाई अध्यक्ष तथा पदाधिकारीहरु, ग्रील तथा स्टील ब्यबसाय का ब्यबसायी तथा कर्मचारीहरु, बिभिन्न क्षेत्रका समाजसेवीहरु तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन पेश गर्दै पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी ले यो संस्थालाई ब्यवस्थित बनाएर अगाडी बढाउन महासंघ,जिल्ला,क्षेत्र ,इकाई तथा ब्यबसायीहरुको आ—आफ्नै ठाउँमा महत्वपुर्ण भुमिका रहने बताउनु भयो । ग्रील तथा स्टील ब्यबसायी संघ भित्रका आन्तरिक पक्षलाई मिलाउँदै आम ब्यबसायी तथा मजदुरहरुको समेत हितमा कार्य गर्ने उदेश्य लिएर अगाडी बढ्ने क्रममा ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं ,भक्तपुर,ललितपुरका नव निर्वाचित पदाधिकारीहरु संग शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना, ग्रील तथा स्टील ब्यबसायी महासंघका नव निर्वाचित पदाधिकारी ज्यू हरुलाई शुभकामना तथा बृहत बनभोज कार्यक्रम आयोजना, बृहत विश्वकर्मा पुजा कार्यक्रम आयोजना ,महासंघले आयोजना गरेको बिभिन्न कार्यक्रममा सकृय सहभागिता, काठमाडौं जिल्लाले आयोजना गरेका बिभिन्न कार्यक्रममा सकृय सहभागिता,कोभिड १९ को अत्यधिक प्रभाव परेको अबस्थामा निशुल्क भोजन कार्यक्रमको आयोजक टिममा बसि कार्यगरेको तथा पत्रकार र संचारकर्मी हरुलाई समेत सहयोग गरेको ,आफ्नो क्षेत्र अन्तरगत रहेका ब्यबसायी तथा मजदुरहरुको समस्यामा सक्दो सहयोग गरेको ,अन्तर संस्था तथा ब्यबसायी बिच नियमित अन्तरकृया गदै आइ रहेको,फलाम जन्य वस्तुको मुल्य बृद्धि को बिरुद्ध बिभिन्न चरणबद्ध कार्यक्रमहरुमा सकृय सहभागिता जनाएको ,बिभिन्न ठुला हार्डवेयर हरुले ग्रील तथा स्टील ब्यबसायी र उपभोक्तालाई ठगी गरिरहेको भन्ने सुचनाको आधारमा सम्बन्धित सरकारी निकाय सहित राजेश हार्डवेयरको बालाजु डिपो माथि छानबिन गर्दा स प्रमाण भेटिए पछि कार्वाहिको लागि सम्बन्धित निकायमा बुझाएको,वातावरणीय प्रदुषण न्युनिकरणमा चक्रपथ सरसफाई अभियान संग सहकार्य गरेर कार्य गरेको तथा सामाखुसी देखि बसुन्धारा चौकी सम्म २५ वटा डस्बिन ब्यबस्था गरेको लगायतको कार्यमा पश्चिम क्षेत्र र सो अन्तरगतका सबै इकाईहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।
आफ्नो क्षेत्रको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष शैलेस ठकुरीले “ग्रील तथा स्टील ब्यबसायी संघ को स्थापना संगै कतिपय अवस्थामा सुधार नआएको भने पटक्कै होईन, हिजो बाटोमा हिड्दा यता उता फर्केर हिड्ने ब्यबसायीहरु आज एउटै टेबुलमा बसेर बहस र संवाद गर्दै आ—आफ्नो अनुकुलतामा कार्यहरु गर्न अगाडी बढि रहेको देखिन्छ । एउटा कारखानाले अर्को कारखानालाई हेर्ने दृष्टिकोण मा परिवर्तन भएर एक आपसमा मिलेर काम गर्ने वातावरण पैदा भएको छ । हरेक गलत संस्कार र प्रवृति बिरुद्ध एकजुट हुने परिस्थति तयार भएको छ । बोल्न हिच्किचाउने तथा स्टेजमा चढेर माइक समाउन नसक्ने ब्यबसायीहरु पनि आज केहि बोल्न र परिस्थितिको मुल्याङ्कन गर्न सक्ने भएका छन् । हामि संगठित भएकै कारण हार्डवेयरहरुले हामिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । नितिगत सुधार र ब्यबहारीक कार्यन्वयनमा तालमेल मिलाउन सके हाम्रो संस्थाले छोटो समयमा उपलब्धिमुलक प्रतिफल हासिल गर्ने सम्भावना अझै बढ्दै गएको छ”भन्नु भयो ।
कार्यक्रममा पश्चिम क्षेत्र अन्तरगतका चारवटै इकाई का अध्यक्षहरुले स्वागत मनतव्यको साथमा आफ्नो इकाईको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
गोंगबु ,सामाखुसीका इकाईका अध्यक्ष शिवलाल श्रेष्ठ, सानो भर्याङ ठुलो भर्याङ इकाईका अध्यक्ष ,उत्तम श्रेष्ठ, सितापाईला इकाईका अध्यक्ष मनोज रोईलाले आफ्नो स्वागत मनतव्य राख्ने क्रममा माथिल्लो समितिले व्यबहारीक रणनिति तथा कार्यनिति बनाएर लागु गर्न सके यो संस्थाको भबिष्य उज्जल रहेको तर सरकारी निकाय संगको सहकार्य र समन्वयमा कमि हुँदा व्यवसायीहरुलाई समय सापेक्ष उत्थान गर्न भने नसकिएको बताउनु भयो ।
बालाजु ,खुसीबुँ ,चमती इकाईका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र)ले स्वागत मनतव्य तथा प्रतिवेदन पेश गर्दै “ ग्रील तथा स्टील व्यवसायमा लामो समय काम गर्दै आउनुभएका व्यवसायी साथिहरुलाई यो संस्थाको बारेमा त्यति धेरै बताईरहनु पर्ने अवस्था छैन । तर जो अन्जानमा यो व्यबसायमा लागेको छ ,जो अल्प ज्ञान लिएर यो फिल्डमा आएको छ , जो संस्था प्रति उत्तरदायी भएको छैन, त्यस्ता व्यवसायीहरुलाई भने गंभिर रुपमा दुई चार कुरा भन्नै पर्ने हुन्छ ।

हरेक संघ संस्था र संगठनले जुन राष्ट्रमा रहने हो त्यहि देशको कानुनलाई आत्मसाथ गर्दै आफ्नो संगठन चलाउने निति र नियम बनाएको हुन्छ । संस्था आफैले बनाएको निति नियमको सफल कार्यन्वयन बाट मात्र संस्थालाई सहि ढंगबाट अगाडी बढाउन सकिन्छ । हाम्रो संस्थामा यो पाटो कस्तो रहेको छ ,सबैले छातिमा हातराखेर सोच्नुपर्ने अवस्था आएको छ ।

लाखौं श्रमजिवीहरुलाई रोजगार दिएर बार्षिक अरबौंको कारोबार गर्ने हाम्रो व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ? समाजले हेर्ने दृष्टिकोण कस्तो छ ? त्यसकै जगमा हुर्किएको हामि र हाम्रो व्यबसाय कसरी चल्ला ? सजिलै अनुमान लगाउन सकिन्छ ।

हामिले राज्यलाई कर तिरेका छौं । बिकास निर्माणका काममा मात्र होईन समाज सेवाको काममा समेत राज्यलाई सघाई रहेका छौं तर राज्यले हाम्रो व्यवसायलाई अझै उद्योगको रुपमा स्विकार गर्न आनकान गरिरहेको अवस्था छ ।
हामि संमृद्ध नेपाल निमार्णको अभियानमा संघिय सरकार ,प्रदेश सरकार तथा स्थानिय सरकार संग सहकार्य गरेरै अगाडी बढ्न चाहि रहेका छौं तर स्थानिय सरकारले हामिलाई आफ्नो दायरामा ल्याउन सहजिकरण गर्न सकिरहेको अवस्था छैन । यो बिषयमा हाम्रो संस्थाले गंभिर हुनु पर्ने तथा केहि अवश्यक पहल कदमी लिनुपर्ने अवस्था आएको छ । उचित समयमा हाम्रो नेतृत्वले यसको पहलकदमी लिन सकेमा आम ग्रील तथा स्टील ब्यबसायीहरु उत्साहीत भएर संस्था प्रति आस्थावान हुने थिए ।

पुँजिको केन्द्रिकरण गरेर ठुलो उद्योगको रुपमा स्थापितहून या गराउन नसक्नु हाम्रो कमजोरी होला तर राज्यले ल्याएको केहि बिभेदकारी नितिको कारण हाम्रा व्यवसायीहरु धरापमा पर्दै आईरहेको कुरा सत्य हो ।
हरेक अप्ठ्यारा तथा असहजताको बाबजुद पनि संगठनलाई चुस्तरुपमा चलाउन सक्ने नेतृत्व ग्रील तथा स्टील ब्यवसायी संघ को आजको आवश्यकता हो ।
मैले ग्रील तथा स्टील व्यवसायी संघ ,काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु, खुसीबुँ, चमती इकाई को एक कार्यकाल इकाईको सचिव र एक कार्यकाल अध्यक्ष भएर जिम्बेवारी निभाईरहने क्रममा के कति काम गर्न सफल भएँ या भईन भन्नेकुरा महासंघ , जिल्ला , क्षेत्र र अन्य इकाईका साथिहरुले पनि नियालि रहनु भएको होला ।

मैले आफ्नो जिम्बेवारी निभाउने क्रममा धेरै राम्रा कामहरु गर्न सकिनहोला तर नियोजित रुपमा यो संस्थालाई हानि नोक्सानी पुर्याउने काम भने गरेको छैन जस्तो लाग्छ ।
कुनैपनि गुनासो र समस्या बोकेर आएका ब्यबसायी या श्रमिक मजदुरहरुलाई न्याय दिलाउने कुरामा हाम्रो इकाईले थुप्रै ठाउँहरुमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।
कोरोना भाईरस ( कोभिड १९ ) को कारण थलिएको यो देशलाई अलिकति भएपनि राहत पुगोस् कोहि पनि भोकै मर्नु नपरोस् भन्ने उदेश्यले बिभिन्न ठाउँमा निशुल्क भोजन कार्यक्रममा सकृय सहभागिता जनाउने तथा स्थानिय सरकार र प्रशासन संगको सहकार्यमा सामाजिक काम गर्ने कुरामा यो इकाईका साथिहरुले संस्थागत र ब्यक्तिगत रुपमा समेत महत्वपुर्ण भुमिका खेल्नु भएको छ ।
हामि हरेक हिसावले फरक रहन सहन ,फरक परिबेश र फरक संस्कार बाट आएका मानिसहरुको एक संगम बनेको यो संस्थामा सबैकुरामा हु बहु एकमत नहुने सत्य हो तर सबैजना बसेर गरेको निर्णय कार्यन्वयन गर्दा ब्यबहारीक कठीनाई मोल्नु पर्ने अवस्था आए पनि हिम्मत नहारीकन अगाडी बढ्न प्रेरण दिने टिम भएकै कारण हामि यहाँ सम्म आईपुग्न सफल भएका हौं ।

हो हामिलाई थाहा छ हाम्रा व्यबसायीहरु मारमा छन् ,पिडामा छन् । त्यसैले हामिले ब्यबसायीहरुबाट लेवि उठाउन बन्द गरेर ब्यवसायीलाई त बैठक भत्ता उपलब्ध गराउनू पर्छ भन्दै आएका छौ । भत्ता दिन नसके पनि हामिले लामो समयदेखि लेबि उठाउने कार्य भने बन्द गरिसकेका छौं ।
हरेक संगठनहरु आर्थिक रुपमा बलियो भएरमात्र छिटो छिटो अगाडी बढ्ने होईन अलिकति जोखिम मोलेरै भएपनि अगाडी बढ्ने साहस गर्नेहो भने असम्भव भन्ने केहि छैन भन्ने उदहारण स्वरुप हामिले अवधारणा ल्याएर बनेको ग्रील तथा स्टील व्यवसायी संघ ,काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु, खुसीबुँ, चमती इकाई को प्रशासनिक भवनलाई लिन सकिन्छ ।
साँचै भन्ने हो भने पैसा जोगाउँला या बटुलौला र भवन बनाउन शुरु गरौला भनेर बसेको भए आज यो भवन बन्ने थिएन । एउटा योजना बन्यो त्यसमा सबै तह र तप्काका साथिहरुले सहयोग गर्नु भयो इकाईको टिम जोखिम उठाउन तयार भयो त्यसकै आधारमा आज भवन ठडीयो । आफ्नै भवनमा बसेर प्रशासनिक काम मात्र होईन बिभिन्न समय र बिषय बस्तुमाथि अन्तरकृया गर्न सकिने अवस्थाको सिर्जना गरिदियो ।
बलाजु,खुसिबुँ चमती इकाईले केहि जनाबाट शरुगरेको आर्थिक वचत अभियानकै सहयोगमा त्यो भवन बन्यो । भवन बनेपछि इकाईको आर्थिक श्रोत थपियो भार कम भयो । ऋण नै गरेर बनाएको भएपनि भवनले यो संसथाको शिर उच्च बनाउने कुराका महत्वपुर्ण भुमिका खेलेको छ ।
यो इकाईमा व्यवसाय गर्ने जो व्यवसायी साथिहरु÷ अग्रजहरु संथाको उपल्लो निकाय ,क्षेत्र ,जिल्ला र महासंघमा प्रतिनिधित्व र नेतृत्व गरिरहनु भएको छ ,यो इकाईलाई यहाँसम्म पुर्याउन उहाँहरुको योगदान कहिँपनि कमि महसुस भएको छैन ।
इकाईले हरेक बर्षको दशैं ,दिपावली लगायत का महत्वपुर्ण चाडबाडहरुमा शुभकामना आदान प्रदान गर्ने , असार १५ मा दहि चिउरा खुवाउने ,बिभिन्न बिषयमा अन्तरकृया कार्यक्रमहरु निरन्तर गरिरहेको छ । यस्ता कार्यक्रमहरुबाट इकाई समिति बिचमा र ब्यबसायीहरुमा समेत भाईचाराको राम्रो सम्बन्ध बिकास भइरहेको छ ।
यो सामाजिक र आर्थिक परिबेशमा सामाजिक संस्था चलाउनु चानचुने कुरा हुँदै होईन तर हामिले हरेक अप्ठ्याराहरुलाई सहजिकरण गर्दै संस्थालाई अगाडी बढाउने प्रयत्न गरेका छौं । यो कार्यमा हाम्रा कार्यसमितिका साथिहरुको समेत उल्लेख्य भुमिका रहेको छ ।
हामिले यो इकाईको मातहतमा रहेर व्यवसाय गर्नुहुने तथा महासंघको नेतृत्व समेत गर्नुहुने अग्रज हरुको सल्लाह सुझाव लाई मनन गरेर संचारक्षेत्रमा लागेर सामाजिक रुपान्तरणको अभियानमा लागिरहेका मिडियाकर्मी सासथहरु लाई समेत सक्दो सहयोग गरिरहेका छौं । व्यवसायी र मिडियाकर्मी बिचको दुरी कम गरी सहज रुपमा अगाडी बढ्न यसले महत्वपुर्णभुमिका खेलेको छ ।
राज्यलाई कर नतिरीकनै एउटा वेल्डिङ मेशिन झोलामा बोकेर बजारलाई समस्या पारिरहेकाहरु बिरुद्ध हामि हिजो पनि निर्मम रुपमा लागेका हौं र अहिलेपनि छाड्ने वालामा छैनौं ।
व्यबसायी हरुलाई क्षमता अभिबृदि गराउने उदेश्यले साउण्ड सिस्टम सहितको कार्यक्रमको हल ब्यबस्थापन गरेका मात्र छैनौ बिभिन्न मिडिया हाउस र बिज्ञ टिम संग पनि सहकार्य गरिरहेकै छौं ।
हम्रो संस्था प्रति ब्यबसायीको बढ्दो बितृष्णाले आम ब्यबसायीको पिडाको औषधि बनेर हामिले काम गर्न नसकेको तथ्यलाई देखाई रहेको छ । यस्ता गंभिर बिषयहरुमा एकले अर्कोलाई आरोप लगाएर पन्छिन खोज्ने भन्दा पनि यो बिषयमा बृहत अध्ययन गरि बस्तुवादी र वैज्ञानिक योजना बनाएर कार्यन्वयन गराउन सक्ने नेतृत्व आजको आवश्यकता हो । यो अधिवेशनले त्यस्तै पात्रलाई नेतृत्वमा ल्याउनु पर्छ र ल्याउने छ भन्ने बिस्वास पनि छ ।
फलाम जन्य वस्तुको मुल्य बृद्धिको सन्दर्भमा महासंघको अनुगमन समिति ले चलाएको बिभिन्न अन्तरकृयाहरुमा हाम्रो इकाईको सकृय सहभागिता रह्यो । राजेश हार्डवयर बालाजु को कर्मचारीको लापर्वाहीले गरेको गल्तिलाई फेरी नदोहार्याउन हामिले सचेत मात्र गराएनौ काबार्हिको लागि सम्बन्धित निकायमा सिफरिस समेत गर्ने कार्यमा हाम्रो इकाईको तर्फबाट सहयोग पनि गरेका छौं ।
महासंघ बाट आएको पत्र तथा निर्देशन अनुसार अगाडी बढ्ने कुरामा हाम्रो कहिँकतै पनि बिमति छैन तर हाम्रो चाहना भनेको महासंघले देश काल र परिबेश अनुसारको नितिगत निर्णय गरेर कार्यन्वयन प्रकृयामा हामिलाई पनि सहजै सहभागि गराओस् भन्ने नै हो ।
हामि काठमाडौं जिल्लाको शाखाको रुपमा यो इकाई चलाइ रहेका छौं । त्यसैले होला हाम्रो अधिकार क्षेत्र केहि सिमित छ । नितिगत रुपमा यहाँनिर केहि प्रश्न जन्मिएका छन् । आम व्यबसायीको घर घरमा पुग्ने हामि , हरेक झंझटमा पर्ने हामि तर हामिलाइ दिईएको सिमित अधिकार कमि भएको हो कि ?
हामिले महासंघ मात्र होईन काठमाडौं जिल्लाले बनाएको हरेक योजनामा पनि उत्तिकै साथ र सहयोग गरेका छौं ।
जिल्लाले बनाएको कुनैपनि कार्यक्रम मा हाम्रो सकृय सहभागिता रहेकै छ । बागमती सफाई अभियानमा सामाग्री हस्तान्तरण योजनामा पनि हाम्रो सक्दो सहयोग रहेको छ ।
व्यबसायीहरुको उत्थान र हितको लागि बनाईएको संगठन भएको कारणले यो संस्थाले व्यवसायीहरुको हितमा योजना बनाउन सक्नुपर्छ । सिमित अधिकारका बाबजुद त यति काम गरिरहेका छौं भने केहि उल्लेख्य अधिकार सहित हामिलाई फिल्डमा पठाउने हो भने यो संस्थालाई छोटो समयमा उत्कृष्ट संस्था बनाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ ।
ब्यबसायीहरुको जिवन बिमा , दुर्घटना बिमा ,लिगल ब्यापारिक पोलिसिको बारेमा ज्ञान दिनेकुरा , ग्रील तथा स्टील ब्यबसाय संग आश्रीतरहेका परिवारको सामाजिक शुरक्षा र शिक्षका कुरामा बिषेश ध्यान दिएर निति निर्माण गर्नेहो भने यो संस्थामा सबै ब्यबसायीहरु तुरुन्तै आउन राजि हुन्छन् । यस्ता बिषयमा संस्थाले कार्यनिति बनाएर राज्यको उपल्लो स्तर संग संवादगर्दै उचित पहलकदमी लिएमा व्यबसायीहरु लाभान्वित हुन सक्ने छन् ।
ग्रील तथा स्टील ब्यबसायमा सामुहिक लगानिको अभ्यास र वस्तुगत अवस्थालाई मुल्यांकन गरि योजना बनाउने हो भने यो देशकै एक नम्बरको संगठन बन्न सक्ने क्षमता राख्दछ ।
संस्थालाई मितव्ययी ढंगबाट सन्चालन गर्न तथा सामुहिकताको अभ्यासलाई ब्यबहारमा उतार्न हामिले पश्चिम क्षेत्र अन्तरगतको ४ वटा इकाईको संयुक्त साधारणसभा तथा अधिवेशन गर्ने योजना बनाएका हौं ।
आफ्नो कार्यकाल भरि मैले आफुले जानेको ,बुझेको र सकेको काम गरें जस्तो लाग्छ । भुलवस केहि अन्जानमा गल्ति गरेको भए एक सहयात्री सम्झेर क्षमा माग्न चाहान्छु । मैले जे जति सकें त्यतिनै गरें आउने नेतृत्वले यो संस्थालाई माथि उठाउन अझ धेरै काम गर्नेछ भन्ने आशा लिएको छु ।” बताउनु भयो ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठले अरुलाई गालिगर्न आफु सक्षम हुनुपर्ने जिकिर गर्दै बोल्नु भन्दा पहिला दश पटक सोचेरमात्र बोल्न र ब्यबहार गर्न सबै समितिहरुलाई आग्रह गर्नु भयो ।
महासंघको महासिचवको हैसियतमा बोल्दै बिवेकदास श्रेष्ठले हाम्रा कुनै पनि संगठनहरु कमजोर नरहेको तर त्यसलाई सञ्चालन गर्ने नेतृत्वको भुमिकाले प्रभाव पारीरहेको वताउनु भयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ ले पनि आफ्नो शुभकामना मनतव्य राख्नु भएको थियो ।
ग्रील तथा स्टील व्यवसायी संघलाई यहाँ सम्म ल्याउन महत्वपुर्ण भुमिका खेलेका महासंघका अध्यक्ष मोहन कटुवाल ले प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै आउँदो अधिवेशन बाट आफुले नेतृत्व हस्तान्तरण गर्न लागेकोले अब आउने नेतृत्व सक्षम र सबल आउनुपर्नेमा सबैले जोड दिनुपर्ने बताउनु भयो ।
अधिवेशन बाट बालाजु ,चमती,खुसीबूँ इकाई अध्यक्षमा राजकुमार खड्का, सामाखुसी, गोङ्गबु इकाई अध्यक्षमा गोपाल बि.क. , सानो भर्याङ ,ठुलो भर्याङ इकाई अध्यक्षमा दिलिप लामा ,सितापाईला इकाइ अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित हुनु भएको छ भने पश्चिम क्षेत्रमा भने पुर्व अध्यक्ष शैलेस ठकुरीले नै अध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं बाट पशुपति श्रेष्ठको संयोजकत्वमा राम प्रमोद ठाकुर र हरि प्रसाद लामिछाने सदस्य रहने गरि पठाईएको निर्वाचन समितिले सबै इकाई तथा पश्चिम क्षेत्रको निर्वाचन सम्पन्न गरि निर्वचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ समेत आजै खुवाएको छ ।
निर्वाचित पदाधिकारीहरुले केहिदिनमै आफ्नो कार्यभार सम्हाल्ने क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले बताउनु भयो ।
कार्यक्रममा पाँचवटै इकाईका एक एक जना उत्कृष्ट व्यवसायी लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष मोहन कटुवाल ,वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ र काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठ लाई पनि दोसल्ला ओढाएर सम्मान तथा अतिथि र पत्रकारहरुलाई समेत मायको चिनो प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०