MBL_Ad

दुर्घटना हुँदा पाकिस्तानमा १८ जनाको मृत्यु

suman100@gmail.com' suman basnet
२० माघ २०७९, शुक्रबार १३:५७

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर १८ जनाको ज्यान गएको छ। पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए। सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ। विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो।

सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ। यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ।

प्रतिक्रिया