मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

suman100@gmail.com' suman basnet
२० माघ २०७९, शुक्रबार १०:२७

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो ।

प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१