किवानीज क्लव अफ बागमती र किवानिज क्लव अफ हिमालयको आयोजनामा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०७९, शुक्रबार ०६:३७

काठमाडौं । महालक्ष्मी नगरपालीका वडा नं ८  मा गरेको निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।  किवानीज क्लव अफ बागमती र किवानिज क्लव अफ हिमालयले किष्ट शिक्षण अस्पतालको सहयोगमा निशुल्क आँखा तथा दन्त शिविर भएको हो ।

संयुक्त आयोजनामा भएको सो शिविरमा ३०० थान चस्मा उपलब्ध गराइएको क्लब हिमालयका सस्थापक अध्यक्ष युबराज न्यौपाने र क्लब बाग्मतीका पुर्व अध्यक्ष शिव बहादुर काफ्लेले जानकारी दिनुभयो ।

किवानीज नेपाल डिस्ट्रिकका गभर्नर लक्ष्मण लम्साल सहित अन्य पधादिकारीको उपस्थितिमा २०० जनालाइ आखा र दाँतको परीक्षण गरिएको जानकारी किवानिज एसिया प्यासिफिक ग्रोथ समितिका प्रमुख मोहन लम्सालले बताए।  साथै उहाँले स्थानियले सहयोग गरेमा आगामी दिनहरुमा पनि आफुहरु  शिविर लिएर आउने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालीका वडा नं ८  का जनप्रतिनिधि,किष्ट शिक्षण अस्पतालका प्रमुख प्रशासकीय अधिकृत  लगायत सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१