मेस्सी र नेयमार चम्किँदा बार्सिलोना विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ कार्तिक २०७१, बुधबार १३:३८
लण्डन, कार्तिक ५ – लियोनेल मेस्सी र नेयमारले आफ्नो गोल गर्ने फर्मलाई कायम राख्दा च्याम्यिन्स लिगमा डच च्याम्पियन आयाक्सविरुद्ध सहज जित हासिल गरेको छ ।मंगलबार राती आफ्नो गृह मैदानमा भएको खेलमा बार्सिलोनाले आयाक्सलाइृ ३–१ गोल अन्तरले पराजित गरेको हो ।
 खेलको शुरुवातमा नै नेयामारले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पछिल्लो पाँच खेलमा उनको यो सातौं गोल हो । त्यस लगत्तै मेस्सीले अर्को गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर बनाएका थिए ।पहिलो हाफमा दुई गोलले अघि रहेको बार्सिलोनाले शनिबार रियल म्याड्रिडसँग हुने एल क्लासिकोलाई ध्यानमा राख्दै मेस्सी, नेयमार र आन्द्रे इनियेस्टालाई सब्सिटिच्युट गरेको थियो ।
 दोस्रो हाफमा स्यान्ड्रो रामिरेजले गोल गर्दै बार्सिलोनाको जीन सुनिश्चित गरेका थिए ।आयाक्सका लागि सान्तवना गोल अन्वर एल घाजीले गरेका थिए ।आजको खेलमा जित हासिल गरेपनि आफ्नो समूहमा बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।

समूहको शीर्ष स्थानमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले एपोल एनआइसीलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१