अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७९, आईतवार ०८:३०

काठमाडौं । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् ।

आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो उनले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

उनी सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त भएकी हुन् । अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरिसकेकी उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ । उनको ३३ वर्ष लामो अमेरिकी कूटनीतिक यात्राका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामा कार्यकालमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्य गरेकी थिइन् । त्यस्तै हिलारी क्लिन्टन विदेशमन्त्री हुँदाका बखत अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यस्तै पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उनले काम गरेकी थिइन् ।

रुस, चीन, मङ्गोलिया तथा अमेरिकाको विदेश मन्त्रालयभित्र पनि विभिन्न भूमिकाको कार्यानुभव उनको रहेको छ । उनको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी र कार्यसूची दिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१