बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न मुकुन्द ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७९, आईतवार ०५:५४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा समितिको ३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले पुरानै समितिलाई चयन गरेको छ । अध्यक्ष मुकुन्द ढुंगाना , उपाध्यक्ष बालकृष्ण पौडेल , सचिव टिकालाल तामांग , कोषाध्यक्ष यम बहादुर लिम्बु ,सदस्य निम्तो शेर्पा ,निमा शेर्पा ,कामि डोमा शेर्पा , सुमन तामांग,गुरुङ  रहेका छन । समितिका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा सचालन भएको कार्यक्रममा सचिव टिकालाल तामांगले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले वडा ११ मा देखिएका  खानेपानीको समस्यालाइ छिटो भन्दा छिटो नगरपालिकाले हल गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले टोलमा सिसि क्यामेरा उद्घाटन गर्दै पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रलाई  मुख्य पर्यटकीय क्षेत्र बनाउने  स्थानिय सरकारकै ध्यान रहेको जानकारी दिनुभयो।

यसैगरी कार्यक्रममा बोल्दै बगलामुखी हाइट समाज उपभोक्ता समितिका अध्यक्ष मुकुन्द ढुंगानाले टोलमा भएका बिकास र गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए । ढुंगानाले तत्कालको समस्या खानेपानी भएकोले नगरप्रमुखलाइ गम्भीरताका साथ लिन आग्रह समेत गर्नुभयो। बगलामुखी हाइट कोलनी रहेको टोलमा समितिले  विभिन्न रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै गरेका काम र गर्नुपर्ने कामको निरीक्षण गरिएको थियो ।

समितिको ३ औँ वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाइ प्रदान गरेको छ । कान्छा शेर्पा ३५ जना आरोही मध्य १ जीवित ९२ बर्षीय आरोही हुन् । समितिले साधारण सभामा वडा ११ का  अध्यक्ष राजु अधिकारि ,वडा १० का अध्यक्ष नवराज भट्टराई,वडा १२ का अध्यक्ष शम्भु भट्टराई ,कपन प्रहरी प्रभाग प्रमुख कृष्णा बस्याल, मन्दिर ब्यबस्थापनका अध्यक्ष शशी अधिकारी,कपन संगीत सरोबरका अध्यक्ष रबि पौडेल,विन्ध्यवासिनी माहांकाल  खानेपानी ब्यबस्थापनका अध्यक्ष कुल प्रसाद कोइराला लागएतलाइ समितिको तेस्रो साधारणसभामा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा सदस्य शर्मिला गौतम ,सम्बर गुरुङले वडामा भएका विभिन्न समस्याहरु टिपोट गरेर छिट्टै समस्याको सामाधान गर्ने बताउनुभयो । समितिका उपाध्यक्ष बालकृष्ण पौडेलले टोलमा सबैभन्दा ठुलो समस्या पानीको बताउदै छिटो भन्दा छिटो यो समस्या हल गर्न जुट्नुपर्ने बताउनुभयो  कार्यक्रममा टोलबासिको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको समापन सदस्य निम्तो शेर्पाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१