प्रेमप्रसादलाई सहिद घोषणा गर्न आचार्य बन्धु समाजको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७९, शुक्रबार ०६:३६

काठमाडौं । आचार्य बन्धु समाजले आत्मदाहको प्रयासबाट जलेर निधन भएका प्रेमप्रसाद आचार्यलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । आचार्यले संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनको शरीर लगभग ८० प्रतिशत जलेको थियो । उनको उपचारको क्रममा  निधन भएको हो ।

‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने तथा सहिद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ । आचार्य समाजले सरकारले सहिद घोषणा नगरे टायर बालेर आन्दोलन गर्ने छैन । देशको भौतिक सम्पतीमाथी क्षती पुर्याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ,’ आचार्य बन्धु समाजबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१