राष्ट्रपति साझा पद हो, सहमतिकै व्यक्ति खोजौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७९, शुक्रबार ०६:०१

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकमा राष्ट्रपति साझा पद भएकाले सहमतिको व्यक्ति खोज्नेबारे छलफल भएको छ। बैठकमा राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व अघि सार्नुपर्ने बारे छलफल भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल बताए।
उनले भने, ‘राष्ट्रपति साझा पद हो। पुस २६ गते प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिए जस्तै साझा रुपमा चुन्नुपर्छ। संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ। संसदको बनावटअनुसार यसलाई हामीले पाँच वर्ष लैजानुपर्छ।’

उनले भने, ‘भारतमा एपीजे अब्दुल कलामको नाममा सहमति भएको थियो। राष्ट्रपति सम्मान प्राप्त गरेको व्यक्तिलाई लाने भन्ने हाम्रो धारणा हो।’ आज बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक फेरि बस्ने गरेर सकिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१